काठमाडौँ/उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रका विकृतिलाई सांस्कृतिक क्षेत्रबाट खबरदारी गर्नुपर्ने बताएका छन् । उनले राजनीतिक क्षेत्र विभिन्न स्वार्थबाट ग्रसित बनिरहेको बताउँदै गलत प्रवृत्तिका विरुद्ध कलाकारले आवाज उठाउनुपर्ने विचार व्यक्त गरे ।
राष्ट्रिय नाचघरमा पोखराका कलाकार पदमराज ढकालको एकल साङ्गीतिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सांस्कृतिक क्षेत्रको विकासका लागि सरकारले आवश्यक कदम चाल्न पछि नपर्ने बताए ।
उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले मुलुकलाई हरेक क्षेत्रमा समृद्ध बनाउने बताए ।
एकल साङ्गीतिक कार्यक्रममा गायक ढकालले एक दर्जन बढी गीत गाए । उनले एउटा गीत गाउन मन लाग्यो धरतीको, उठौँ न युवा, जहाँ गए पनि कहाँ भुल्न सक्छु र, हिँडे मत लाहुर, जति हे¥यो उति झन् राम्रो, शहीदहरुलगायतका गीत गाएका थिए ।
उनलाई चर्चित गायिका हरिदेवी कोइलाला, कृष्णा परियार, रितु लामा, दुर्गा परियारले साथ दिएका थिए । कलाकार उपचार कोष तथा सप्तरङ्गी सांस्कृतिक पुरस्कारमा सहयोगार्थ एकल साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको गायक ढकालले जानकारी दिए ।


