मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । पारिवारिक साथ मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभ र मंगल कार्यको चर्चा चल्ने छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउने छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ने छ । सन्तान सुख मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मंगल कार्यको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल