लोकतन्त्र, मानव अधिकार, राष्ट्रीयता, जनजीविका र सामाजिक न्याय नेपाली कम्युनिष्ट आन्दोलनले उठाउदै आएका प्रमुख मुद्दाहरू हुन । यिनै मुद्दाहरूलाई वलियो गरि पक्रेर समाधान गर्दै अघि वढेको हुनाले नेपाली कम्युनिष्ट आन्दोलन अहिले सम्म स्थापीत र जीवन्त रहि आएको हो । अझ नेपाल कम्युनिष्ट पार्टीलाई मजबुत पार्टी वनाई राख्ने महत्वपूर्ण पाटो यसको यसले अङ्गीकार गरेको मार्क्सवादी विचार प्रवाह र लेनीनवादी सङ्गठनात्मक विधि हो ।
आफ्नो स्थापीत सङ्गठनात्मक विधि र प्रणालीको कारण कम्युनिष्ट पार्टी आफैमा एउटा वलीयो किल्ला रहदै आएको छ । आजकल विधि र प्रणाली भन्दा व्यक्तीपुजा र व्यक्तिवाद हावी हुन थालेकोले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय र स्थायी कमिटी वैठकमै सामुहिकता, विधि र संस्थागत प्रणालीको माग जोडदार रूपमा उठेको सर्व विदितै छ । पार्टीमा विधी र संस्थागत प्रणालीको माग उठेको मात्र होइन, त्यसै कारण पार्टीको स्थायी कमिटी वैठक समेत लामो समय देखी अवरुद्ध भइरहेको अवस्था छ ।
निश्चित रूपमा कम्युनिष्ट पार्टीमा कुनै समस्या आयो भने पार्टीको औपचारिक वैठक वस्ने गरिन्छ । पार्टीको नियमित वैठकवाट समस्याको समाधान निकाल्ने काम पनि गरिन्छ । अहिले नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी वैठक चालु छ । वैठक चलिरहेको अवस्था मै पार्टीमा विग्रहको स्थीती सम्म आई परेको थियो । यहा गज्जवको कुरा के देखियो भने पार्टीको स्थायी कमिटी वैठक भीत्रवाट उव्जीएको समस्या समाधान गर्न अध्यक्ष द्वयले चालु वैठक स्थगीत गरेर सुझाव दिन कार्यदल गठन गर्नु भयो ।
समस्याको समाधान गर्ने प्रयास भन्दै पार्टीको औपचारिक वैठक भन्दा वाहिरबाट गठन गरिएको कार्यदलको सुझावले के समस्याको समाधान होला त ? कार्यदलले दिएको सुझावलाई पार्टीको सचिवालय र स्थायी कमिटी वैठकले सकारात्मक रूपमा ग्रहण गर्लान त ? अथवा कार्यदलको सुझावले नेकपा भित्रको चालु चरम अन्तरविरोध लाई समग्र सम्वोधन गर्न सक्ला त ? यिनै सवालहरूमा आज देशको समग्र राजनीतिक क्षेत्र र नेकपा पक्ती भित्र व्यापक चिन्ता र चासोका साथ हेरिई रहेको छ ।
विगत छ महिना देखी विवाद र झमेलामा फसेको नेकपाको विग्रदै गएको साखलाई सकारात्मक दिसादिन कार्यदलको रिपोर्ट सफल हुन्छ कि हुँदैन वैठक पछि मात्र थाहा हुन्छ । जस्तो सुकै भए पनि कार्यदल गठन भएर त्यसलाई पार्टीको सचिवालयले अनुमोदन गरि सकेको छ । अहिले सम्म कार्यदलले आफ्नो सुझाव समेत दिई सकेको अवस्था छ । यस्तो अवस्थामा पार्टी भीत्र निती, नेतृत्व र विधीका सवालमा वहसमा उत्रीनु भएका सवै नेता कमरेडहरूका सामु एक कदम अघिवढेर कार्यदलले दिएको प्रतिवेदनलाई सकारात्मक रूपमा लिने अवसर कायम छ ।
ठिक यसै अवसरमा हिजोका तिक्तता र आरोप प्रत्यारोपहरूलाई आलोचना र आत्मालोचनाको विधीवाट करेक्सन गर्न सकिने अवसर पनि यथावत कायम छदैछ । " खुदा न खास्ता " कार्यदलको रिपोर्टलाई कट-अफ प्वाइन्ट वनाएर आगामी दिनमा नया ढंगले अघि वढ्ने अठोट गर्न सकिने अवसर पनि कायमै छ । यसले पार्टी पक्तीमा सकारात्मक प्रभावनै पार्दछ । यदी कार्यदलले दिएको रिपोर्टलाई पनि दाउपेच र हारजीतको विषय वनाउने, कसैलाई वनाऊने र कसैलाई सिध्याउने हतियारको रूपमा प्रयोग गर्ने अनी आम कार्यकर्ता हरूको आखामा छारो हालेर भर्याङ्ग चढ्ने काम मात्र गरियो भने कसै कसैलाई क्षणिक लाभ त होला तर मुलुकले भने ठूलो नोक्सानी व्यहोर्नु पर्ने खतरा पनि कायमै छ । कार्यदलको शन्दर्भमा अहिले भने हामीले यती मात्र भन्न सक्छौ ।
१, कार्यदलले दिएको प्रतिवेदनलाई अध्ययन गर्दा धेरै सकारात्मक आधारहरू पनि देखीन्छन । प्रतिवेदनले पार्टी भित्र निस्चीत विधी तथा संस्थागत प्रणालीमा जोड दिएकै छ । फेरी पनि कार्यदलको सुझाव प्रतिवेदनले अध्यक्ष द्वयको तजविजी भूमिकालाई कायम राख्ने मात्र होईन अझै वलीयो वनाई दिएको देखीन्छ । अध्यक्ष द्वयको समझदारी पूर्ण समन्वयको अभावमा पार्टी भीत्र पुन: यस्तै डरलाग्दो द्वन्द्व र व्यक्तीवादी सोचले प्रश्रय पाऊने र यसले समस्या पैदा गरि नया रूपको शक्ति संघर्षको श्रृङ्खला सुरू हुने सम्भावना कायमै रहन्छ ।
यसको निरोधको लागी आवश्यक सचेतनता अपनाईनु आवश्यक हुन्छ । यती मात्र होईन अहिलेको अन्तरसंघर्षको कारण भीत्र दुई अध्यक्ष सहित तेस्रो पक्ष पनि वलियो रूपमा उपस्थित छ । विशेष गरि निती र विधीको सवाललाई जोडदार ढंगले वहसमा ल्याऊने वरिष्ट नेताहरूको उपस्थितिलाई सुझाव प्रतिवेदनले स्वीकार गर्न सकेको छैन ।
कार्यदलको शन्दर्भमा अहिले भने हामीले यती मात्र भन्न सक्छौ ।
२, कार्यदलको प्रतिवेदनले विधि र संस्थागत प्रणालीलाई सबैले मान्नु पर्ने कुरालाई यथोचित महत्व दिएको छ । यो कुरा नेकपाको वैधानिक व्यवस्था पनि हो । तर पनि विधी तोड्ने र मनोपोली गर्ने प्रविर्ती पार्टीको उपल्लो तहमा झाङ्गीनुको कारणलाई खुट्याउने र त्यसलाई जरै देखी उखलेर फाली दिने उपाय सुझाऊने सवालमा भने कार्यदलको सुझाव प्रष्ट खुल्न सकेको देखिदैन । पार्टीको सचिवालयको वैठक र स्थायी कमिटीको चालु वैठकले यसलाई स्पष्ट पारेर अघि वढ्नु अती आवश्यक छ ।
३, कार्यदलको प्रतिवेदन सहमतिमा आएको देखिन्छ । यो प्रतिवेदन अव पार्टी सचिवालय र स्थायी समितिमा पनि सहमतिमा पारित हुन्छ कि हुँदैन ? यो महत्वपूर्ण विषय हुन्छ । यदि पार्टीको सचिवालय र स्थायी कमिटी वैठकमा कार्यदलको प्रतिवेदनलाई गम्भीर रूपमा छलफल गरेर आवश्यक सुधार र परिमार्जन सहित सहमति र समझदारीमा पारित गरिनु पर्दछ र पार्टीका सवै शीर्ष नेताहरूवाट यसलाई सामुहिक रूपमा कार्यान्वयन गर्ने प्रतीवध्दता सहित आउनु पर्दछ । यसरी पार्टीका औपचारिक कमिटीहरूले सामुहिक रूपमा अपनत्व लिएर सहमतीका एजेन्डा वनाएर अघि वढ्ने हो भने समस्या समाधानको वाटोमा जान सक्दछ ।
४, संस्थागत र सामूहिक ढङ्गले अघि वढ्दा मात्र कम्युनिष्ट पार्टी लक्ष्यमा पुग्न सक्छ । नेपाल कम्युनिष्ट पार्टी र यसको नाममा गठन भएको सरकार कसैको निजी आर्जन होईन l यो सरकार पार्टीको वैधानिक व्यवस्था अनुसार नै सञ्चालन हुनु अनिवार्य छ । अहिले पार्टी भित्र देखिएको समस्याको प्रमुख कारण भनेको सरकार एकलौटी ढङ्गले चलाइनु पनि हो । अर्थात सरकारको नेतृत्वमा देखीएको व्यक्तीवादी अहमवाद पनि एउटा अहम पक्ष हो । नेकपाको मुख्य नेतृत्वले सरकारलाई पार्टीको संस्थागत जिम्मेवारीको विषय वनाऊन कन्जुसी गरिन्जेल यस्तो समस्या कुनै न कुनै रूपमा प्रकट भई नै रहन्छ । यसर्थ सामुहिक नेतृत्व प्रणाली र संस्थागत विधी नै हाम्रो पहिलो र अन्तीम आधार हो ।
५ , कार्यदलको सुझावमा एउटा महत्वपूर्ण विषय उठाइएको छ । त्यो हो विभिन्न प्रतिष्ठानको रूपमा सङ्गठित गरिएका गुटहरू र तिनले सञ्चालन गरिरहेका समानान्तर गतिविधिहरू । पार्टीका सम्मानित नेताहरूको नाममा गठन गरिएका त्यस्ता प्रतिष्ठानहरूलाई गुटगत स्वार्थका लागी प्रयोग गर्ने, शाखा उपशाखा र ईकाईहरू समेत गठन गरेर सवै तहमा समानान्तर सन्जाल पुर्याऊने काम भएको छ । कति सम्म भने पार्टीका सम्मानित र दिग्गज जस्ता लाग्ने महानुभावहरू समेत पार्टीका औपचारिक कमिटीका काममा भन्दा त्यस्ता प्रतिष्ठानहरूमा रम्न रुचाउने र पार्टीका वैठकहरूमा भन्दा त्यस्ताखालका गैरसरकारी संस्थाका वैठकमा आनन्द मान्न थालेको अवस्था आएको छ ।
यसले गर्दा सर्वत्र पार्टीको भूमिकालाई कमजोर वनाऊदै लगिरहेको अवस्था छ । पार्टीका कार्यक्रमहरूमा समेत यस्ता खालका प्रतिष्ठान ( गैर सरकारी संस्था ) का अगुवा हरूको हालहुकुम चल्न थाली सकेको छ । पार्टी र कथित प्रतिष्ठान दुवै तिर वस्ने अनी पार्टीको पोजीसनलाई प्रतिष्ठानको हितको लागी प्रयोग गरेर पार्टीलाई खोक्रो वनाऊने प्रविर्ती हावी भइरहेको अवस्था छ ।
यस्तो अवस्थामा कार्यदलले कुनै पनि कार्यकर्ताले पार्टी र प्रतिष्ठान मध्ये एउटा रोजेर आफुलाई क्लीयर गर्नु पर्ने सुझाव दिएको छ । यसले निस्चीत रूपमा पार्टीमा व्याप्त गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न र ईमान्दार र कृयाशिल पार्टी कार्यकर्ताहरूलाई हौसला दिने काम गर्दछ । यो सुझाव कार्यान्वयन भएमा पार्टी निर्माणमा समेत सकारात्मक प्रभाव पर्ने निस्चीत छ ।




















