मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वादिष्ट भोजन पाइने छ । मनोरञ्जनमा सहभागी भइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
न्यायिक कार्यमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ने छ । कार्यमा सफलता पाइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज विशिष्ठ व्यक्तिको साथ पाइने छ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । श्रमको उचित मुल्याङ्कन र कदर हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । अध्ययन अध्यापन सफल रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज
प्रेममा मनमुटावका साथै मनमा शंका उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्र वर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानातिना समस्यामा अल्झिनु पर्नेछ । पाचन प्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

ज्यो.प. नारायणप्रसाद दुलाल