भूमिप्रसाद पाठक,
पथरी,२१ भदौ। मोरङको पथरी शनिश्चरे नपा वडा नं. १० मा दर्जनौं सामाजिक अभियन्ताद्वारा स्थापित फुड बैंकलाई दाह्री ग्याङ,
पथरी शनिश्चरे नपाले अभियानको योजनाअन्तर्गत सक्रियता सहभागिता बढाएको छ । कोरोना कहरका कारण दैनिक ज्यालादारीमा आश्रित घरपरिवारजन भोकभोकै रहनुपर्ने अवस्था अन्त्य गर्न गएको १ हप्तायता फुड बैंक कार्यक्रममा सञ्चालनमा आएको छ ।

‘हुनेले दिऔँ, नहुनेले लिएर जाऔँ !’ मूल उद्घोषका साथ नगरभरि सञ्चालित यो खाद्य उपलब्धता अभियानमा दाह्री ग्याङ, पथरी शनिश्चरे नगर समितिले रूपैयाँ ५ हजार बराबरको सरसामान फुड बैंकलाई हस्तान्तरण गरेको छ । जसमा ५० पोका नुन, ५ बोरा सोयाबिन आदि हस्तान्तरण गरिएको सो ग्याङका नगर सदस्य एवं सामाजिक अगुवा युवा व्यक्तित्व राजकुमार विश्वकर्माले जानकारी दिनुभयो ।
यो सहयोगले पनि रोगभन्दा भोकको सन्त्रास बढी लिएका लक्षित समुदायलाई राहत हुने उद्देश्यका साथ सो सामाग्री उपलब्ध गराइएको हो, हामी र हाम्रो अभियानले फुड बैंक कार्यक्रमलाई अझ जनजनमा लैजाने छौं, दाह्री ग्याङका अर्का सदस्य नारायणप्रसाद दाहालले बताउनुभयो ।
यो अभियान अहिले वडा–वडा सघन ढंगले चलिरहेको छ । सहयोगी मनका धनीहरूले समेत विभिन्न ढंगले सहयोग पुर्याइरहनुभएको फुड बैंक अभियानका अभियन्ता प्रदीपकुमार राईले बताउनुभयो ।


