मोरंग ,२१ भाद्र । मोरङ्गको सुन्दरहरैचा नगरपालिका भित्र भएका भ्रस्टचार गतिबिधि र बेथितिका बिरुद्दमा निरन्तर खबरदारी गरिरहेको भ्रस्टचार बिरुद्दको युबा अभियानले सुन्दरहरैचा नगरपालिका क्षेत्र भित्रमा निर्मलीकरण कार्यक्रम गरेको छ ।
कोरोना सक्रमण जोखिम न्युनिकरण को लागि आइतबार बिहानदेखि गरिएको निर्मलीकरण सुन्दरहरैचाको १ नम्बर वडा देखि १२ न वाडाका सबै कार्यलयमा निर्मलीकरण गर्ने काम सम्पन्न गरेको युवा अभियन्ता प्रविन घिमिरेले बताए ।

अभियानको आज १२ औ दिनसम्म आइ पुग्दा नगर क्षेत्र भित्र रहेका सन्क्रमित को घर , सार्बजनिक स्थल , मेडिकल , स्वास्थ्य चौकि , बाक्लो भिडभाड हुने बजार क्षेत्र , नगरपालिका को कार्यलय , क्वारनटाइन , देखि लिएर गरिब सुकुम्बासि बस्ति जहा जनचेतना को अभाब छ त्यस्तो क्षेत्र मा जनचेतना जगाउदै कोरोना सन्क्रमणका जोखिम र अपनाउनु पर्ने साबधानि बारे जनतालाइ बुझाउदै अभियान चलाइरहेको अभियानका सम्योजक जयप्रकाश रायमाझिले बताए ।
आज बाट वाडा कार्यलयको कामहरु सुचारु गर्ने निर्णय हुन साथ , जनता को चाप अत्यधिक हुने र संक्रमणको जोखिम केहि हदसम्म कम गर्न निर्मलीकरण को अभियान शुरु गरिएको अभियान कर्ता सागर जम्मर कटेलले जानकारी दिए ।
यो अभियनलाइ सबै वाडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुले हौसला प्रदान गरेको र त्यो हसौलाले अझै सामाजिक क्षेत्रमा काम थप उर्जा मिलेको अभियानका अभियन्ताहरुले बताए । नगर सरकारले गर्नुपर्ने काम युवा अभियन्ताहरुले गर्नु भएकोमा ९ नम्बर वडाका अधक्ष्य राजकुमार कार्कीले धन्यवाद ब्याक्त गरेका छन।

अभियनको नेतृत्वको भूमिका निर्बाह गरिरहेका संयोजक जयप्रकाश रायमाझिले यो अभियान आफु एक्लैले सम्भब नभयेको र अभियानमा साथ सहयोग गर्नु हुने मोरङ क्षेत्र न -६ का माननिय तथा पुर्वमन्त्री लालबाबु पन्डित विषेश धन्यवादको पात्र हुनुहुन्छ ।
त्यसैगरी सुन्दरदुलारि उधोग बाणिज्य संघका अध्यक्ष किशोर कार्कि , लगायतले यो अभियानमा साथ सहयोग गर्नुभएको सबैमा धन्यवाद ज्ञापन गर्दै , यो समाज का असल योद्दा यो अभियानमा अग्रभागमा लागेर जनता को सेवा गर्नु हुने घनश्याम गुरुङ , युबराज बास्तोला ,सागर जमर कट्टेल , शेखर निरौला ,असिम राइ , शम्भु धमला , सुजन पोख्रेल , केशब बास्तोला , मनोज दाहाल , रबिन भन्डारि लगायत यो अभियानका सबै अभियन्ताहरुलाइ हृदयबाट आभार ब्यक्त गर्दै आगामि दिन मा समाज र जनताको सेवामा निरन्तर लागिरहन अनुरोध गर्नु अभियानका अभियन्ताहरुले बताएका छन ।


