काठमाडौं,  । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्किएपछि दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।

आइतबार आफ्नो फेसबुकमा ‘रङ्गशालाका विषयमा हाम्रो अपिल’ शीर्षकमा एक स्टाटस पोष्ट गर्दै उनले आवेशमा दिइएको अभिव्यक्तिप्रति माफी मागेका हुन् । उनले अपिलमा लेखेका छन् ‘हामीले आक्रोशमा आएर अञ्जानमा केही गलत बोलेको भए वा कसैमाथि ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं ।’

रङ्गशाला निर्माणस्थलमा स्थानीयले डोजर लगाएर बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनको तर्फबाट सार्वजनिक भिडियोमा स्थानीयप्रति निकै आक्रोश व्यक्त गरिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि धुर्मुस सुन्तली फाउण्डेसनको स्थानीयको तर्फबाट विरोध गरिएको थियो ।