मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सन्तान पक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । बैदेशिक घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभकार्यको चर्चा चल्ने छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । प्रेम सम्बन्ध कसिलो होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समाज सेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाइने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम फेरि गर्दा फाइदा हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल



















