बिराटचोक ,२४।  मोरङ्ग केराबारी गाउपालिकाका जेष्ठनागरीकको एक घरपरिवारलाई नेपाल काम्युनिष्ट पार्टी निकट (नेकपा) निकट युवासंघ नेपालका स्थानिय युवाहरुले सहयोग गरेकाछन। उनीहरुले केरावारी वडा नं १० कालीपोखरी निवासी ७६ वर्षे टिका प्रसाद गौतम ( काठमाडौ बाजे) को परिवारलाइ बुधबार सहयोग गरेको हो ।

गौतमको धर्म पत्नी वर्ष ७० को मातृकादेवि गौतम र उनिहरुको एकमात्र नाति वर्ष ८ को प्रेम प्रसादगौतम सहित जम्मा ३ जनाको परिवार एकदमै दुख दायी अवस्थामा रहेको हुदा राष्ट्रिय युवा संघ नेपाल केरावारीको तर्फबाट खाद्य सामग्री सहित नगद रु ३ हजार सहयोग गरिएको युवासंघका नेता बिबेक भुजेलले बताए ।

साथै नाति प्रेम प्रसाद गौतमको शिक्षाको लागि पनि सहयोगगर्ने प्रतिबद्धता ब्यक्त गरीएको नेता भुजेलले बताए। युवासंघले केहिदीन अघि केरावारीको बजार,संघ सस्था तथा सार्जनिक स्थलहरुमा निर्मलीकरण पनि गरेको थियो ।