बाल दिबस सुन्नमा मात्र मजा..
______________________________________________________रबिन भण्डारी
भाद्र २९ गते पोहोर पोहोर त बडा बडा कार्यक्रम हुन्थे।तर यस्पाली कोरोनाको कारणले ठूलो कार्यक्रम गर्न पाइएन भनेर माननीय ज्यु चिन्तामा हुनुहुन्छ। एउटा कार्यक्रम त भोलि जसरि नि गर्न पर्यो। त्यतिकैमा फोन टृङ टृङ गर्दै बज्छ । फोन उठाएसी आवाज आयो " लु भोलि बाल दिबस लकडाउन भए नि एक दुई बालबालिकालाई खाना खुवाउने अनि एक दुइटा कपडाहरु सहयोग गर्न पर्छ, मिडियालाइ खबर नि गर्या छु है माननीय ज्यु।" यस्तो कुरा सुनेसि माननीय ज्यु आनन्दले निदाउनुहुन्छ।
बिहान भयो । आज भाद्र २९ गते बालदिबस यसो सामाजिक संजालमा " बाल अधिकारको बारेमा चट्ट पोस्ट्याउन मोबाइल निकाल्दै गर्दा चार बर्ष देखि घरमा काम गर्न राखिएको हर्केले माननियको लागि चिया बनाएर ल्याउन ५ मिनेट ढिलो गरेको ल्याएको देखेर गालामा एक दुइ थप्पड बर्साएपश्चात माननीय ज्युले सुरुप्प चिया तानेर " बालअधिकारको सुनिस्चितता गरौ,बाल अधिकार हनन नगरौ।" भनेर पोस्ट गर्नुभयो। यता उता गर्दा ८ बजेसी सडक बालबालिकालाइ सहयोग गर्न जान ढिलो हुने देखेसी माननीय ज्युले हतार हतार हर्केलाइ जुत्ता पोलिस गर्न लाएर तयार हुन जानुहुन्छ्। तयार भएर आउदा जुत्ता रेडि नभएको देखेर " त सालेले यतिन्जेल सम्म सक्या छैनस जा गेट खोल।
" भन्दै जङ्गिदै एक बुट हानेर गेट खोल्न पठाउनुहुन्छ।माननीय ज्युको गाडी सरर निस्किएको गहभरी आँसु पार्दै घुक्क घुक्क गर्दै पर पुगुन्जेल हेर्छ। माननिय ज्यु सहयोग कार्यक्रममा पुग्नुहुन्छ वरिपरि भरौटे मिडियाहरुको लाइन देखेर गज्जक्क पर्नुहुन्छ माननीय ज्यु। कार्यक्रम सुरुवात हुन्छ ।टेलिभिजनमा लाइभ आउछ ।यता हर्के घर पोछा हान्दै हुन्छ मिटिङ कोठाबाट माननिय ज्युको आवाज सुनेर ढोकाबाट चिहाउछ -" आजबाट बालबालिकालाइ कुनै समस्या हुदैन, कसैले बालबालिकालाइ दुव्र्यवहार,बाल श्रम शाेसण गरेमा नियम बमोजिम कार्बाही हुनेछ। " भन्ने भनाइ सुनेर मुसुक्क हासेर हर्के पुन पोछा हान्न थाल्छ।
भाषण सकिन्छ पत्रकार हरुले मन्त्रीज्यु र हाकिमको बारेमा र उनिहरुको समाज सेवाको बारेमा थुप्रै समाचार कभर गरे।२ बजेतिर बल्ल बालबालिकालाइ खाना बितरण भयो ।खाना खाइसकेपछी कपडा को १/१ ओटा पोको पनि दिइयो।माननिय र हाकिम मिलेर बालबालिका सङ फोटो खिचाए ।कार्यक्रम सकिएसी सबै घर घर फर्किए। गेट बाहिर हर्न बज्यो दुई चार पटक, भाडा माझ्दै गरेको हर्के हतार हतार गरेर गेट खोल्न पुग्यो ।माननीय ज्युको रिसले डाडा काटेकोले हर्केले कारबाट उतृनुभएका माननीय ज्युका दुई चारबुट बाल दिबसको अबसरमा उपहार स्वरुप स्विकार गरेर खाना पनि नखाइ कुनामा गएर चिसो भुइमा पल्टियो।आहा !!! हाम्रो बाल दिबस




















