सैलेश बिष्ट इटहरी उधोग बाणिज्य संघमा हाल कार्यबाहक अध्यक्ष हुनुहुन्छ । सर्वाधिक मत ल्याएर पटक पटक निर्वाचित हुँदै आउनुभएका बिष्ट आसन्न उधोग बाणिज्य संघ इटहरीको निर्वाचनमा यसपटक अध्यक्ष पदको उम्मेदवारको दावेदार हुनुहुन्छ । यसै प्रसंगमा प्रस्तुत छ अनलाइन सगरमाथाले उहाँ संग गरेको कुराकानी ।

हाल कत्तिको ब्यास्त हुनुहुन्छ ?
अलिक ब्यास्तनै छु असार १४ गते हुने इटहरी उद्योग बाणिज्य संघको चुनाव नजिकिदैछ मैले अध्यक्ष पदको उम्मेदवारी दिदैछु । त्यसकारण चुनावकै सेराेफेराेमा रहेर इटहरी भित्र रहेका बिभिन्न ब्यापारी व्यवसायिहरूसंग भेटघाट र भाेट माग्दै घरदैलाे कार्यक्रमतिर अलि ब्यस्त भएको छु ।

अध्यक्षको उम्मेदवार भनिराख्नु भएको छ ? तपाईंले चुनाव जित्ने आधार के के छ्न त ?
मैले चुनाव जित्छु भन्ने भनेर हुदैन मलाई उद्योगी ब्यापारी तथा ब्यावसायीहरु महानुभाबहरुले भोटहालेर जिताउनु हुन्छ भन्ने बिश्वास छ । फैसला गर्ने उहाहरुको हातमा छ । मलाई बिश्वास छ पक्कै पनि उहाँहरुको अमुल्य मत मलाई दिनुहुनेछ ।  बिगतको निर्वाचनहरुमा उहाहरुले सर्वाधिक मतदिएर मलाई निर्वाचित गराइ सक्नु भएको छ । त्यस अनुसार मलाइ बरिस्ठ उपाध्यक्ष हुदै कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी प्रदान गरिसक्नु भएको छ । उहाहरुको माया र म प्रतिको बिश्वासले मलाई यो ठाउँमा पुर्‍याउनु भएको छ ।

फेरि पनि उहाहरुले सहयोग गर्नु भएमा अध्यक्षमा निर्वाचित गराएर उद्योगी ,ब्यापारी र ब्यावसायि महानुभावहरुको हितका लागि काम गर्ने अवस्वर प्रदान गर्नुहुन्छ भन्ने मलाई बिश्वास लागेकोछ । यसमा के छ भने शैलेस बिष्टकाे जित भनेकाेनै समस्त ब्यापारी व्यवसायिकाे जित हाे । याे समग्र ब्यवसायिकाे आत्मबिश्वासकाे जित हाे । व्यसायिहरूकै आग्रह र प्राेत्साहनका कारण म यसपाली अध्यक्षमा उठेकाे हु । अर्काे करा २८ बर्ष देखि म इटहरीमै रहेर ब्यवसाय गर्दै आएकाेले यहाका व्यापारीहरूकाे पिर मार्का राम्राे संग बुझेकाे छु । यहाका सम्पुर्ण ब्यापारीहरू मेराे नजिक हुनुहुन्छ , उहाहरूको सानाे भन्दा सानाे गुनासाे पनि सम्बाेधन गर्दै आएकाे छु । हाम्रो समूह समाबेसी र सबै तह तप्काको ब्यापारी ब्यावसाहिहरुको प्रतिनिधित्व भएकोले पनि चुनाव जित्ने अधारहरू यिनैकुरा हुन ।
FB_IMG_1559630901917
 अब अध्यक्ष पदका लागि दाबेदार हुनुहुन्छ तपाइले जित्नुभयाे भने इटहरीका ब्यवसायिहरूका हितका लागि के कस्ता बाचाहरु गर्नुभएको छ ?

मलाइ त्यतिकै तिन तिन पटक सर्वाधिक मत दिएर उद्याेग बाणिज्य संघमा उहाहरुले जिताउनु भएको हाेइन , मैले ब्यापारी ब्यवसायिहरूकाे सानाे भन्दा सानाे गुनासाे बाेकेर हरपल समस्यारूकाे सामधान गर्दै इटहरी भित्र रहेका प्रत्येक ब्यवसायिहरूकाे हितेषी बनेकाे छु । बिशेष गरी ब्यवसायिक हक हितका एजेण्डा बाेकेर अघि बढने मान्छे भएकाेले पनि ब्यापारी ब्यवसायिहरूले अत्याधिक भाेट दिनुभएर तिन कार्यकाल जिताउनुभएकाे हाे । फेरी अहिले बरिष्ठ उपाध्यक्ष भएर पनि मलाइ धेरै राम्राे कामहरू गर्ने अवसर इटहरीका ब्यवसायिहरूलेनै दिनुभएकाे छ र आगामि दिनहरूमा पनि यसरी नै माया पाउने आशाका साथ अध्यक्ष पदमा दाबेदार बनेकाे छु ।
अर्काे कुरा चुनाव जितेपछि ब्यवसायिक हक हितकालागि मैले गर्नै पर्ने कामहरू जुन बाकि रहेका छन ति पुरा गर्नेमा म बिश्वस्त छु । इटहरीका ब्यवसायि ब्यापारीहरूकालागि बहुउद्येश्य याेजनाहरू बनाएकाे छु जुन मैले पुरा गर्ने छु जस्तै इटहरीका मुख्य चाैकहरूमा सिसि क्यामेरा जडान गरिएकाे छ जुन अझ धेरै भन्दा धेरै स्थानमा पूर्याउनु छ । अहिले इटहरीमा देखिएकाे ब्यापारीहरूकाे मुख्य समस्या भनेकाे घरभाडा रबैंककाे ब्याजदर त्याे पनि मेरै नेतृत्वमा लगभग लगभग सहमति पनि भइसकेकाे अवस्था छ । साना भन्दा साना ब्यवसायिहरूकाे गुनासाे सम्बाेधन गर्न जति सक्दाे चाडाे सम्पर्कमा पुगेर उहाहरूकाे समस्या सामधानमा तत्पर हुनेछु ।

FB_IMG_1559630916502

तपाइकाे चुनाबी एजेण्डाहरू चै के के हुन ?

मुख्य कुरा याे तिन बर्षे कार्यकालमा धेरै अनुभवहरू बटुलने माैका पाएकाे छु । व्यवसायिहरूसंग अत्यन्तै नजिक भएर काम गर्ने अवसर पाएकाे छु । याे मेराेलागि निकै सौभाग्यको कुरा हाे । यहाका मुख्य समस्या भनेकाे फाेहाेर ब्यवस्थापन हाे । जस्तै एक जना ब्यापारी बिहान छिट्टै उठेर आफनाे पसल खाेल्नु हुन्छ तब सुरूमै फाेहाेर ब्यवस्थापनले उहाहरुलाइ सताउन थाल्छ । पसलबाट संकलन भएकाे फाेहाेर कहा लगेर ब्यवस्थापन गर्ने भन्ने कुराले इटहरीका समस्त ब्यापारीलाइ सताउन थाल्छ ।

यहिबाट ब्यवसायीहरूकाे समस्या सुरू हुन्छ । त्यसपछि ब्यवसायिकमा ब्यस्त रहेका ब्यापारीहरू काममै ब्यस्त हुनुहुन्छ हर हिशाब राख्न समेत नभ्याएकाे अवस्थामा कर कार्यालयले आएर खातापाता बाेकेर लगिदिने र दण्ड जरिवाना समेत तिराउने गरिरहेका अवस्थामा प्रत्येक व्यवसायिहरूकाे घर दैलैमा एक एक जना अडिटर उद्याेग बाणिज्य संघ इटहरीले खटाउने याेजना छ । अर्काे कुरा इटहरीमा अहिले १८ वटा बस्तुगत संघहरू छन ब्यवसायिकाे प्रकृतिचै करीब ३५ वटा छन ।

अब हामि याे अवस्थालाइ हेरेर छुट्टाछुट्टै बस्तुगत संघ गठन गरेर अघि बढाउने तयारीमा छाै , अर्काे कुरा इटहरिमा एक बिज्ञ मान्छे छनाैट गरेर राख्छाै जसले इटहरिकाे ब्यापार ब्यवसायकाे बारेमा २४ सै घण्टा अपडेट गर्न सक्नु हुनेछ । कुन ब्यवसायिलाइ के मार्का परेकाे छ ? इटहरीकाे ब्यवसाय के कारणले धरासयी बन्दैछ ? कुन ब्यवसायिले इटहरी छाडदैहुनुहुन्छ त्यसकाे कारण के हाे ? सबै अध्यन गरेर उद्याेग वाणिज्य संघ इटहरीमा प्रतिवेदन बुझाउने काम ति बिज्ञबाट हुने छ । त्यसै गरी हामिले जुन शाैर्य लाइटकाे याेजना ल्याएका छाै त्याे २० वटै वडाहरूमा पुर्याउछाै , सिसिटिभी क्यामेरा पनि भर्खरै ल्याएका छाै त्यस्लाइ पनि ब्यवसायिहरूकै सललाह अनुसार २० वटै वार्डहरूमा पूर्याउने याेजनामा छाै । कृषी , पर्यटन तथा समस्थ आर्थिक क्रान्तिकालागि इटहरीमा बार्षिक रूपमा एक्सपाे लगाउन जरूरी देखिएकाे छ त्यसकालागि हामि अहिले पनि प्रदेश सरकार , स्थानीय सरकारसंग पहली कदम थालनि गरिरहेका छाै ।

FB_IMG_1559630933414 (1)

जसरी हुन्छ चुनाव जित्नुपर्छ भन्दै खुब पैसा खर्च गरिरहुनु भएकाे छ भनेर सुन्नमा आएको छ नि ? त्यो कुरा सरासर गलत कुरा र भ्रामक प्रचारहरुहुन र मैले त त्यस्तो सुनेको पनि छैन । पैसा खर्च गरेर भन्दापनि उहाहरुको काम र बिश्वास जितेरमात्र चुनाव जितिन्छ भन्ने मलाई लागेको छ । पैसा खर्च गरेर चुनाव जित्ने भएदेखि एक से एक धनि मान्छेहरू हुनुहुन्छ पैसा खर्च गरेर उहाहरूलनै चुनाव जितिहाल्नु हुन्थियाे नी ?
यो कुरा सहिहो भन्ने मलाई लाग्दैन । चुनाव त काम गरेको मुल्यांकनले देखाउने कुराहो। बजारमा त्यतिकै हल्ला फिजाइएकाे मात्र हाे म कस्ताे हाे र छु भन्ने कुरा यहाका समस्त ब्यापारीहरूले राम्राे संग चिनिसक्नु भएकाे छ ।

चुनाव नजिकिएसंगै भोट हाल्नकै लागी पनि फर्जि ब्यापारीहरू पनि निकालिएर ब्यावसाय दर्ता गरेको छ भन्ने हल्ला आएको छ नि ?
इटहरी उधोग बाणिज्य संघले जेठ १० गते सम्म नयाँ दर्ता गराउने भनि बाेर्ड बैठकबाट निर्णय भएकाे हाे हामिले इटहरीमा निकै पुराना ब्यापारीहरूले दर्ता गर्न छुटनुभएकाे हाेला भन्ने उद्श्यले याे खाेलिएकाे थियाे तर त्यस्ताे देखिएन हामि स्वयम अनुगमनमा निस्कदा पनि त्यस्ताे देखिएन । यहा के देखियाे भने निर्वाचन उद्याेग बाणिज्य संघमा देखिएन अहिले निर्वाचन सबैभन्दा बढी राजस्व कार्यालयमा देखियाे । हामिले वाड वाडमा गएर हेर्याै प्रत्येक दिन १०० देखि २०० सम्म नयाँ ब्यवसाय दर्ताकाे लाइन देखियाे । याे बिषयमा हामि धरै गम्भिर छाै । हामिले सम्बन्धित ठाउहरूमा पहल समेत गरे अनुसार भर्खरै इटहरी उपमहानगरले पनि यसलाइ सम्बाेधन गरेर बजेट नै बिनियाेजन गरेकाे अवस्था छ । अब यहि बर्ष देखि इटहरीमा रात्रिकालिन बजार लगाउन तत्पर हनेछाै । त्यसै गरी हाम्राे अर्काे याेजना भनेकाे घरेलु अाैद्याेगिक ग्रामकाे हामि यस पटकबाट सुरू गर्दैछाै ।

पछि हामिले खाेजि सुरू गर्याे वडा कार्यालयमा दिएकाे सिफारिसकाे अाधारमा खाेजि गर्दा जुन वडामा २० वटा सटर छन ति वार्डहरूमा दैनिक १०० वटा ब्यवसाय दर्ता गराउन आउनुकाे उदेश्य के त ? छानविन गर्दा लगभग ९० प्रतिशत ब्यवसायि भनिने मान्छेहरू माेरङकाे लेटाङ , केराबारी , भलुवा , जाते चिसाङ जस्ता ठाउहरूका भेटिए । हाम्राे अर्थ उताका व्यवसायीले यता आएर व्यापार गर्न नपाउने भनेकाे हइन । तर केवल भाेटकै लागि मात्र ब्यापार गर्न खाेज्नु चै भएन त्यस्ता ब्यापारीहरूका कारण भाेली उद्याेग बाणिज्य संघ इटहरिकाे छवि के हाेला ? १० औ बर्ष देखि इटहरीमा कर्म गरेर ब्यपार गर्दै आएका ब्यपारीहरू र भाेटकैलागि प्यानमा दर्ता गरेका ब्यपारिहरूकाे उद्येश्य एउटै हाे त ? याे साेच्न हामिलाइ बाध्य बनायाे र हामिले तत्काल दर्ता प्रकृिया नै बन्द गरायाै अहिले इटहरीमा कुनै नयाँ ब्यवसायहरू दर्ता भएका छैनन ।

FB_IMG_1559630909215

इटहरीमा देखिएकाे पुरानाे समस्या भनेकाे घरवहाल कर र भाडा आतंक याे चै कहिले अन्त्य हुन्छ नि ?

याे बिषयमा हामिले स्थानीय सरकार समक्ष हाम्राे कुराहरू राखिसकेका छाै । पहिला आन्तरिक राजस्व बिभागमा बुझाइने १० प्रतिशत घर बहाल कर अहिले ८ प्रतिशतमा झारेका छाै । कुनै ब्यवसायीहरूले कर तिर्न कार्यालय जान्छ भने त्याे ब्यापारीसंग घरवहाल कर मागिदैन । जसकाे घर हाे उसैलाइ घरवहाल कर माग्नु पर्छ भनेर हामिले स्पष्ट धारणा राखिसकेका छाै । दाेश्राे घरभाडाकाे बिषयमा हामिले के भन्ने गरेका छाै भने र भाेलिको दिनमा मलाई अध्यक्षमा निर्वाचित गराउनु भयो भने घरधनि र भाडावाल बिच सम्झाैता गर्दाअनिवार्य उद्याेग बाणिज्य संघकाे राेहबरमा गरिनुपर्छ । त्यसकाे फरमेट उद्याेग बाणिज्य संघ स्वयमले बनाउछ । पछि घरबाला र भाडावाल बिच कुनै बिवाद भए उद्याेग बाणिज्य संघले त्यसको सहजीकरण बनाउन अहम भुमिका निर्वाह गर्ने छ ।  
FB_IMG_1559630947931 (1)
अन्त्यमा तपाइँको केही कुरा छुटेको छ कि ?
सर्बप्रथमत तपाई र तपाईंको मिडियालाई धन्यवाद दिन चाहन्छु किन मेरो कुराहरू राख्ने मौका दिनुभएकोमा दोश्रो कुरा मलाई इटहरी उद्योग बाणिज्य संघको यो जिम्मेवारी र काम गर्न अवस्वर दिनुहुने मतदाता ,सुभचिन्तक मेरो मान्यजनहरुमा हिर्दयदेखी आभार प्रकट गर्न चाहान्छु । समस्त इटहरीका ब्यवसायि तथा ब्यापारी महानुभाबहरुमा आसन्न निर्वाचनमा म लगायत हाम्रो टिमलाई अत्याधिक भाेट दिएर जिताउन हार्दिक अनुरोध ब्याक्त गर्दछु । म यो उधोग बाणिज्य संघको अध्यक्षमा जितेर राजा बन्न आउने हैन उधोगी ब्यापारी ,ब्यावसायी आदरणीय महानुभावहरुको सेवा गर्ने दासको रूपमा कामगर्न चाहन्छु । धन्यवाद