विराटचोक, ३१ भदौ । सिरहा स्थित लाहान को गाढाका डोम समुदायको २२ घर निर्माणको सिल्यान्यासा भएको छ । मगलबार सिराहा क्षेत्र न १ 'ख' का माननीय अशोककुमार यादले सिल्यान्यास गरेका हुन ।
प्रति घर करिब ३ लाख पचास हजार लागतमा सम्पन्न हुने र सो घर करिब ३ महिना भित्रमा निर्माणकार्य सम्पन्न हुने अनेराबियु सिराहाका पुर्व बिधार्थी नेता सुमेश यादवले जानकारी दिए ।

तत्कालिन नेकपा एमालेको नेतृत्वमा निर्माण भएको सरकारले अघि सारेको यस जनता आवास कार्यक्रम मार्फत प्रत्येक बर्ष आवास बिहिन गरिबहरुको निम्ती घर निर्माण हुदै आएको सांसद यादबले बताए ।
३० घरजती डोम समुदायहरु बसोबास गर्दै आएको सो स्थानमा घर निर्माणको सिल्यांस कार्यक्रममा जिल्ला प्राबिधिक, नेकपाका जिल्ला कमिटी सदस्य अशेस्वर यादब ,लगायत नेकपाका स्थानीय नेताहहरुको उपस्थिती रहेको थियो ।
२ नम्बर प्रदेश सरकार अन्तर्गत शहरी बिकाश तथा भवन निर्माण कार्यलयले पहिलो किस्ताको रकम भुक्तान समेत गरीसकेको बिधार्थी नेता सुमेश यादबले जानकारी दिए ।
जातको आधारले समाजबाट छुवाछुत बाट बन्चित पारीएका डोम समुदायका जनताहरुसंगै बसेर सांसद यादबले प्रसाद खादा सो समुदायमा खुशियाली छाएको थियो ।



















