विराटचोक, ३१ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका– १० एकता टोलका ४७ वर्षीय अशोक दर्जीको परिवारलाइ नेकपाको भातृ संगठन युवासंघले सहयोग गरेको छ ।

लामो समय देखि भएको लक डाउनको कारण परिवार पाल्न नसकेपछि आत्महत्या गरेका अशोक दर्जीको परिवारलाइ युवासंघ सुन्दरहरैचानगर कमिटीले सहयोग गरेको हो ।

बुधबार अशोकको घरमा गएर युवासंघका नगर संयोजक भुषण राइको नेतृत्वमा गएको युवाहरुले रु १० हजार बराबरको लात्ताकपडाहरु सहयोग गरीएको युवासंघका सयोजक नेता राइले बताए ।

 परिवारमा परेको दुखमा समबेदना प्रकट गर्दै र स्वर्गीय अशोक दर्जीप्रति श्रद्धांजली ब्याक्तगर्न सुन्दरर्हरैचा नेकपाका अधक्ष्य केदारप्रसाद गुरागाई,१२ नम्बर वडाका अधक्ष्य रोशन ढकाल, सुन्दरहरैचा नेकपाका कार्यालय सदस्य मातृकाप्रसाद ढकाल ,एकता युथक्ल्बका अधक्ष्य बिक्रम साम्पाङ्ग लगायतको उपस्थिति रहेको थियो ।अशोकले भाद्र २४ गते आत्महत्या गरेका थिए ।