बिराटचोक, १ असोज । मोरङको सुन्दरहरैचा नगरपालिका ७ का कालीबहादुर सुब्वाको परिवारलाइ नेकपाको भातृ संगठन युवासंघले सहयोग गरेको छ ।

गत भदौ २८ गते जंगलमा निगुरो टिपने क्रममा मृत्यु भएका सुब्बाको परीवारलाई बिहिबार युवासंघ सुन्दरहरैचानगर कमिटीले सहयोग गरेको हो ।

आर्थिक स्थिती दयनीय अवस्थामा रहेको हुदा राष्ट्रिय युवासंघ र परिवर्तन युवा संजालको सहकार्यमा खाद्यान्य समाग्रीहरु सहयोग गरिएको युवासंघका नगर संयोजक भुषण राइले बताए ।

त्यसैगरी सोही स्थानका अर्का आर्थिक स्थिति कमजोर भएको टोपे ऋषीदेबको परीवारलाईपनि खाध्यान्न सामाग्रीहरु सहयोग गरीएको स्थानिय युवानेता सागर कट्टेलले जानकारी दिए ।


स्वर्गीय सुब्बा प्रती श्रद्धाञ्जलि अर्पर्ण गर्न र परीवारहरुमा समवेदना प्रकटगर्न सुन्दरहरैचा नगरपालिकाकि उपप्रमुख धना तामाङ्ग सहभागी भएको थिइन् ।

सो कार्यमा सहयोग गर्ने नेकपा १ नम्बर प्रदेस कमिटि सदस्य नागेस पोख्रेल, हरी खतीवडा ,खडग श्रेष्ठलाइ युवासंघले बिशेष धन्यबाद ब्याक्त गरेको छ ।