इटहरी ,२ असोज । प्रदेश नम्बर १ का प्रेस संगठनका इञ्चार्ज लिलाराज भट्टराईले आफ्नो शरिरको अंगदानगर्ने भएका छन । असोज २ गते जन्मदिन परेको भट्टराइले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आँखा र छाला दानगर्नेगर्ने घोषणा गरेका हुन् ।

पुर्वाञ्चलको सवै भन्दा पुरानो र लोकप्रिय सप्तकोशी एफएमका सम्पादक समेत रहेका भट्टराईले आखा, छाला दानगर्ने घोषणा गरेका छन । मेरो आँखावाट कसैले यो सुन्दर संसार देख्न सकुनअनि जलन भएका चार जनाले मेरो छालावाट उपचार प्राप्तगर्न सकुन भनेर सामाजिक संजाल फेसबुक मार्फत ब्याक्त गरेका छन ।

छोरा विक्रान्तको जन्मदिन असोज १० गते र छोरी (भजिती) खुशीको जन्म दिन पुष १४ को अवसर पारेर एक एक जना अनाथ वालवालिकालाई वर्षदिनभरि पुग्ने झोला,कापी र कलम प्रदान गर्ने प्रतिवद्धता समेत जनाएकाछन ।

नेपालि पत्रकारहरु र पत्रकारीका क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आउनु भएको सरल मिजासका धनि बरिष्ठ पत्रकार लिलाराज भट्टराईलाई हाम्रो अनलाइ न्युज पोर्टलको तर्फबाट पनि जन्मदिनको सुभकामना ब्याक्त गर्दछौ ।