सुनसरी; ३ असोज । भोजपुरको हतुवागढी गाउँपालिकाका उपाध्यक्ष तथा नेकपा जिल्ला सचिवालय सदस्य चन्द्रमा राईको ४८ वर्षको उमेरमा निधन भएको छ। उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा सनिबार बिहान निधन भएको हो । कमलपित्त र निमोनिया बिरामको कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।


उपप्रमुख राइको अकल्पनीय र असमामयकि निधनले कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लागेको र उपाध्यक्ष्य राईको निधनप्रति गहिरो दुख ब्याक्त गर्दै र हार्दिक एवम् भावपूर्ण श्रध्दाञ्जली र शोकाकुल परिवारजनमा नेकपाका नेता अजम्बर काङबाङ्ले गहिरो सहानुभूति प्रकट गरेका छन ।

तसैगरी प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले उपाध्यक्ष राइको निधन प्रति दुख ब्याक्त गरेका छन। मुख्यमन्त्री राईको भनाइ सविस्तार :

हार्दिक श्रद्वान्जली !
हिजाे मात्रै मैले वहाँकाे स्वास्थ्य अवस्थाकाे बारेमा उपचारमा संलग्न चिकित्सक र अस्पतालका पदाधिकारी संग बुझ्ने र परामर्श गर्ने काम गरेकाे थिए, स्थित क्रिटिकल नै रहेकाे बताउनु भएकाे थियाे , अन्तत: वहाँ हामी बीच रहनु भएन !!
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्य एवम् हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको असमायिक निधनको खबरले मलाई स्तब्ध बनाएको छ !!! कमरेड चन्द्रमाको निधनले भाेजपुर नेकपा र स्थानीय पालिकालाई अपूरणीय क्षति भएको छ !!!! म मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु !!!!! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु !!!!!!

119882212_644278473142630_4913937387864205644_n