इटहरी । सुनसरी स्थित झुम्काकी एक किशोरीलाई १६ लाख रुपैयाँमा बिक्रीगर्न भारत लैजाँदै गर्दा उद्धार गरिएको छ । सुनसरी रामधुनी नगरपालिका घर भएकी १८ वर्षिय किशोरीलाई भारत विक्रीगर्न लैजान खोज्नेलाई प्रहरी र साना हातहरु नामक संस्थाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको लेटाङ्ग नगरपालिका ३ घर भइ हाल रामधुनी नगरपालिका ५ झुम्कामा डेरागरि बस्दै आएकी २२ वर्षिया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका ५ का २८ वर्षिय सुमितकुमार मण्डल र सप्तरी तिलाढी कौलारी गाउँपालिका १ का २० बर्षीय प्रदिपकुमार मण्डल रहेका छन ।

उनीहरूलाई विराटनर १७ स्थित नेपाल र भारतको सिमा नाका इस्लामपुरबाट आइतबार साँझ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये गिरोहका मुख्य नाईके सुमित रहेको खुलेको छ ।

उनीहरुले ती किशोरीलाई बलिदिनका लागि भारत लगिएको हुन सक्ने किशोरीको उद्धार गर्ने साना हातहरू नेपाल मोरङका संयोजक विवश श्रेष्ठको आशंका गरेका छन। उनका अनुसार ती किशोरीलाई भारत पुर्‍याए बापत १६ लाख रुपैयाँ पाउने पक्राउ परेका गिरोहका मुख्य नाईके सुमितले बताएका छन ।

‘किशोरीलाई पूजाको लागि भनेर बोलाइएको रहेछ । उनको उचाइ नापेर, महिनावरी भए नभएको सोधिखोजी गरेर र शरिरमा कुनै दाग नभएको बुझेर विराटनगरमा पूजा छ भनेर ल्याइएको रहेछ । त्यसपछि भारततिर लगिएछ ।’ उनी भन्छन् ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने बलिनै दिने वा अरु केही गतिविधिमा लगाउने अहिलेनै खुलि नसकेको बताए । ‘हामी अनुसन्धानको क्रममा छौं,’ उनले भने, ‘सबै कोणबाट सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । थप बिषय पछि खुल्ने छ ।’

प्रहरीका अनुसार किशोरीलाई भारततिर लगिएपछि डराएर गाडीबाट हामफालेर भागेकी थिईन । उनी भाग्दै आएपछि साना हातहरु सस्था र प्रहरीको सम्पर्कमा पुगेकी हुन ।सञ्चार पाटीबाट