वालिङ, ९ असोज । पहिरोमा पु’रिएर ज्यान गु’माएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सा’मूहिक दा’हसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सा’मूहिक दा’हसंस्कार गरिएको हो ।
नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दा’हसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताउनुभयो । सबैजना एकैघरका भएकाले दा’गबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दा’गबत्ती दिनुभयो ।
“पहिरोमा पु’रिएर ज्यान गुमाएका सबैको शवलाई गह«ौं प्राथमिक अस्पताल वालिङमा पो’ष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दा’हसंस्कार गरेका छौँ”, अध्यक्ष रनपालले भन्नुभयो । एकै परिवारका नौ जनाको एकैपटक दा’हसंस्कार गरिएको यो हृ’दयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताउनुभयो । दा’हसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भा’वविह्वल भएका थिए । घटनाले एकै परिवारका नौ जनाको ज्या’न गएपछि अहिले गाउँ नै शो’कमा डु’बेको छ ।
पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
ताजा खवरबाट



















