झापा,११ असोज । झापा क्षेत्र नम्बर २ का प्रदेस सांसद बृख प्रधानले झापाको सुखानी सहिद स्मृति उद्यान परिसरमा कुनै पनि रुख काटिएको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन ।

उद्यान परिसरमा आइतबार पत्रकार सम्मेलन गर्दै सांदस प्रधानले चरित्र हत्या गर्ने नियतले प्रचारबाजी भएको जिकिर गर्दै रुख काटेको प्रमाणित गर्न चुनौती दिएका छन । गएको सोमबार सुखानी सहिद स्मृति उद्यानपरिसरमा सिसौ का 3 वटा रुख काटिएको घटनामा सांसद प्रधानको नाम जोडिएर आएको थियो ।


उद्यान परिसर स्थित कछुवा उद्दार तथा संरक्षण केन्द्रमा सुकेको रुखहरुका कारण हुनसक्ने क्षतिलाई जोगाउन उद्यान व्यवस्थापन समितिको मौखिक सहमति भएको हुँदा समितिले उक्त रुखहरु काटेको उन्ले स्पष्ट पारे । समितिले नै रुख काट्न लगाएको निर्णयको प्रतिलिपी उनले पत्रकारसामु पेश गरेका थिए ।

समाजकै ध्यान खिच्नेगरी अफवाह फैलाउँदै आफ्नो चरित्र हत्या गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कार्वाही गर्न प्रशासन समक्ष माग गर्दै उनले यस्तो विषयमा राजनीतिक प्रतिशोध नसाँध्न सबैसँग अनुरोध गरेका छन् ।

उद्यान व्यवस्थापन समितिले भने सुकेका रुखहरु काट्ने विषयमा छलफल मात्रै भइरहेको अवस्थामा नै रुख काटिएको स्वीकार गरेको छ । केही समय देखि निरन्तर चलिरहेको हावाहुरीले सुकेको रुखका कारण कछुवा उद्दार तथा संरक्षण केन्द्रलाई क्षतिबाट जोगाउन तत्काल तीन वटा रुख काटिएको असोज ८ गते बसेको बैठकले निर्णय गरेको छ ।

बैठकको निर्णयअनुसार कछुवा उद्दार तथा संरक्षण केन्द्रमा जोखिम अवस्थामा रहेका अन्य सुकेको सिसौ प्रजातिको रुखहरु कटान गर्न आवश्यक प्रक्रिया पूरा गरी पहल गर्ने निर्णयसमेत गरेको छ ।