बिराटचोक,१२असोज। मोरंगको सुन्दरहरैचा स्थित सुन्दरहरैचा उधोग बाणिज्य संघले राहत अभियानको कार्यक्रम सम्पन्न गरेको छ। आइतबार देखि सुरु गरेको सो राहत अभियानबाट सुन्दरहरैचाको १२ ओटा वडामा रहेका अतिबिपन्न, असाहय, जेष्ठनागरिकहरुलाई राहत बितरण गरेको हो ।
असोज ११ र १२ गते गरी दुइ दिन सम्म संचालन गरिएको सो अभियान अन्तर्गत राहत स्वरुप २० किलो चामल, १ किलो दाल १ लिटर खाने तेल १ किलो नुन प्रति घर बितरण गरीएको सुन्दरहरैचा उधोग बाणिज्य संघका अधक्ष्य नवराज चापागाईले बताए।
प्रत्येक वडाका कम्तिमा ५ जनाको परीवारलाइ वडा अध्यक्ष तथा वाड प्रतिनिधी मार्फत वितरण गरीएको उधोग बाणिज्य संघका सदस्य रामकृष्ण खड्काले जानकारी दिए । सो सुन्दरहरैचा उधोग बाणिज्य संघको असोज २३ गते साधारण सभागरिने र २४ गते निर्वाचन हुनेकुरा पनि अधक्ष्य चापागाइले बताए ।





















