बिराटचौक,१३ असोज । मोरंगको सुन्दरहरैचा १० स्थित एकता टोलका स्वर्गीय अशोक दर्जीको घर बनाइदिने सोहि वडाका वडाध्यक्ष राजेन्द्रबहादुर (राजेश ) थापाले घोषणा गरेका छन। गत भाद्र २४ गते आत्महत्या गरेका ४७ बर्षीय दर्जीको कलिला बालबालिकालाइ सहयोग गर्न बनेको समितीद्वारा हिसाब सार्वजनिकको कार्यक्रममा बोल्दै जनाप्रतीनिधि थापाले घोषणा गरेका हुन | मोरङको सुन्दरहरैँचा १० का अशोक दर्जीले एक पेट चामल नहुँदा प्राण त्यागगर्न बाध्य भएको घटना त्यतीखेर समाजिक सञ्जालमा भाइरल भएको थियो ।दर्जीले झुण्डिएरै प्राण त्यागगर्नु पर्ने समस्या नरहेको भएपनि घटना भइसकेपछि पीडित परिवारलाई आर्थिक खर्च समेत जुटाउँदैको आएको वडाध्यक्ष थापाले बताए ।

IMG_20200929_120251

  आफ्नै नगरमा जनताले खान नपाएर संदेश जानु भनेको यसनगरको बेइजत हुनु हो "थापाले बताए । दर्जीको घर बिराटनगर स्थित परिबर्तनको लागि हातेमालो भन्ने सस्थाले बनाइदिने भन्दै आएको थियो तर त्यो सस्थाले सहयोग संकलन गरेर घर बनाइदिने प्रस्ताबगरेको थियो। तर दर्जिले खाना नपाएर आत्महत्या गरेको खवरले सुन्दरहरैचाको नराम्रो छाप बसेको छ त्यसैले फेरीपनि त्यस्तो गलत संदेश जान हामिदिदैनौ दर्जी परिवारको घर हामि स्थानीय सरकारको तर्फबाट बनाउछौ" थापाले ब्याक्त गरे ।

त्यतीमात्र हैन सो कार्यक्रम मार्फत दर्जीको छोरा छोरीलाई पढ़ाउन समेत दिगो व्यवस्था गर्ने प्रतिबद्दता गरे ।स्वर्गीय दर्जीले खाना नपाएर आत्महत्या गर्नु परेको यस्तो बाध्यताको खबरले आफु दुखि भएको तर यस्तो कुराले सुन्दरहरैचा को बेइज्वत भएको कुरा ब्याक्त गरे ।परिवार पाल्न नसकेपछि आत्महत्या गरेका भनिएका स्वर्गीय दर्जीको परिवारलाई घर बनाइदिने अधक्ष्य थापाले बताएका हुन । नेकपाको नेतासमेत रहेका थापा जनप्रतिनिनिधि हुनु भन्दा अगावै पनि गरिब दुखी ,समस्यामा परेकाहरुलाइ सहयोग गर्ने गरेका थिए, सम्पन्न परिवारमा जन्मिएता पनि उनि धनि गरीब भनेर छुत्याउदैन थिए सानै उमेरदेखि उनको ब्यावहारमै कम्युनिष्ट जस्तो थियो ।  

img-20200912-121534 (1)

 बिराटनगरबाट आएको परिबर्तनको लागि हातेमालो भन्ने सस्थाले सहयोग संकलन गरेर घर बनाइदिने प्रस्ताब लाइ प्रति उत्तर दिदै हिजो दर्जिले खाना नपाएर आत्महत्या गरेको खवरले सुन्दरहरैचाको नराम्रो छाप बसेको छ त्यसैले फेरीपनि त्यस्तो गलत संदेश जान हामिदिदैनौ दर्जी परिवारको घर सुन्दरहरैचा नगरपालिकाको तर्फबाट हामि बनाउछौ जनप्रतिनिधि थापाले भने " बिचल्लीमा परेका दर्जीको छोराछोरीलाइ बिभिन्न संघ सस्था, ब्याक्तीहरुबाट २ लाख ५५ हजार ८ सय छत्तिस रुपयाँ सकलन भएको हिसाब सार्वजनिक गरेको छ ।

उठको सो रकमबाट २० हजार ४ सय एकाउन्न रुपया सुद्दिकरणमा, पोस्टमार्टम र सदगद गर्दा ७ हजार २ सय पचासी रुपया ,ग्यास चुलो खाधन्य लगायत अत्यावश्यक समान खरीद ११ हजार८ सय चौसठी रुपया खर्च भएको सहयोग अभियानको अभियन्ता शान्ती गजमेरले सार्वजनिक गरीन ।

IMG_20200929_131044

बाकी रहेको २ लाख १६ हजार २६४ रकम बचत भएको र त्यसमध्ये मृतक कि श्रीमती दिल मायाले घर खर्चका लागी ३० हजार रुपैया माग गरेको हुदा १० नम्बर वडाका अधक्ष्य राजेश थापा र सदस्य राजकुमार राइको उपस्थितीमा उपलब्ध गराएको अर्का अभियन्ता कुमार मिझारले सो कार्यक्रम मार्फत जानकारी गराए।

त्यसपछि बाकि रकम अपाङ्ग छोरी र छोराको नाममा आफुलाई संरक्षक राखी बैकमा खाता खोलेर राखिदिनु भनेर दिलमाया दर्जीले भनेको कुरा अभियन्ता पुष्प जोगीले बताए ।मुलुकमा लकडाउन सुरु हुनुभन्दा केही समय अगाडि मात्रै उनले निर्माणको काम पाएका थिए ।

दर्जीका चार सन्तान छन् । २१, १७ र १५ बर्षीया छोरी तथा १३ बर्षका एक छोरा रहेका छन् । २१ बर्षीया छोरीको भने विवाह भइसकेको छ भने एकजना छोरी शारीरिक रुपमा अशक्त रहेकी छिन् ।वैदेशिक रोजगारीका लागि भारत गएकी अशोककी श्रीमती त्यतीखेर उतै अलपत्र अवस्थामा थिइन ।

विदेश पठाउने भन्दै दलालले श्रीमतीलाई दिल्ली पु¥याएका थिए । दिल्ली पुग्नेबित्तिकै लकडाउन सुरु भएकोले उनी दिल्लीमा अलपत्र परेकी थिइन भने वडाध्यक्ष थापाको सहयोगमा नेपाल आइपुगी छोराछोरीको साथमा छिन ।कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राजेन्द्रबहादुर (राजेश ) थापा,अतिथिहरु नेकपा क्षेत्रीय कमिटी सदस्य बद्री अर्याल ,जनप्रतिनिधि राजकुमार राइ , दलित अधिकार कर्मीहरु शान्ति गजमेर , बिनोद चार ,माधब सिवा लगायतको उपस्थिति रहेको थियो ।