विगत केही दिन अघि लगातार परेको वर्षाको कारण केराबारी गाउपालिका वडा नं २ सिंहदेवी स्थित फाइवा टोल निवासी टेकबहादुर लिम्बुको घरको बरण्डाको गारो भत्किएर पुरै घरनै क्षति हुने अवस्थामा भएको थियो।

krabari

घर क्षति हुने चिन्तामा रहेका टेक बहादुर लिम्बुको सहारा बन्यो राष्ट्रिय युवा संघ नेपाल केराबारी । राष्ट्रिय युवा संघ नेपाल केराबारीको सह संयोजक देविलाल लिम्बुको नेतृत्वमा गएको १५ युवाहरुको टोलि उनको घर मर्मत गरेका छन।

https://www.facebook.com/315467178889801/posts/1040920733011105/

घर मर्मत भए पछि खुशी हुँदै टेक बहादुर लिम्बुले दु:खको सहारा भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल केराबारीलाई धन्यवाद समेत दिए। यस सगै राष्ट्रिय युवा संघ नेपाल केराबारीले विपतमा परेका र अति विपन्न परिवारलाइ "बाढेर खाउ मिलेर बाचौ"

अभियान चलाएर खाद्यान्न सहयोग समेत गरिरहेको र हाल सम्म ६७ परिवारलाइ सहयोग गरि सकेको जानकारी राष्ट्रिय युवा संघ नेपाल केराबारीको सहसंयोजक देविलाल लिम्बुले बताउनु भयो।

हेर्नुहोस पुरा भिडियो