काठमाडौं। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो उदण्डताको सीमा पार गर्न थालेका छन् ।
पत्रकार बिराट अनुपमको नाक भाँच्नका लागि एक करोड बजेट छुट्याएको छु भनेका मेयर चौधरीले उनको फेसबुकमा ‘चाटुकार पत्रकार’ लेखेका थिए ।
पत्रकार बिराट अनुपमको फेसबुकमा नै कमेन्ट गरी अभद्र भाषा बोलेका मेयर चौधरीले केही दिन अघिमात्र पत्रकारको कठालो समातेका थिए । जसको बिरोध हुनासाथ माफी मागेका थिए ।
चौधरीको उदण्डता यतिसम्म बढेको छ की उनकै कर्मचारी पनि विरोधमा उत्रिएका छन् ।


