मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज निणर्य कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा प्रति सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन भावुक र उत्ताउलो बन्ने । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममा पनि मनमुटाव आउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । पढाइमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मिष्ठान्न भोजनको अवसर मिल्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज प्रेमीको सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साथै सफल यात्राका योग पनि देखिन्छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म, कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यहरूमा प्रगति नै हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लाभ-हानी, आय-व्यय, सुख-दुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा विशेष रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा पनि प्राप्त हुन सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल