काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अहिले चलिरहेको कपल च्यालेञ्ज ह्यासट्याक पुनः चर्चामा आएको छ ।

यसमा अपलोड गरिएका जोडीका फोटोहरु विभिन्न पोर्न साइटहरुले दुरुपयोग गर्नसक्नेतर्फ सुरक्षा निकायले सतर्क गराएपछि कपल च्यालेञ्ज फेरि चर्चामा आएको हो ।

भारतको पुने प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा चलेको कपल च्यालेञ्जमा फोटो अपलोड गदौ सावधानी अपनाउन सार्वजनिक अपिल गरेको हो । पुने प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कपल च्यालेञ्जमा अपलोड गरिएका फोटोको दुरुपयोग हुनसक्ने तर्फ सचेत रहन अपिल गरेको भारतीय अनलाइन इण्डियन एक्सप्रेसले जनाएको छ ।

विहीवार साँझ गरिएको ट्वीटमा पुने प्रहरीले चेतवनी दिएको छ–आफ्नो जोडीको तस्बिर पोष्ट गर्नु अघि दुईपटक सोच्नुहोस् । सावधानी नअपनाउदा रमाइलो लाग्ने च्यालेञ्जले अप्ठ्यारो परिस्थिति सिर्जना गरिदिनसक्छ ।

ट्वीटरमा लेखिएको छ–कपल च्यालेञ्जमा अपलोड गरिएका फोटो पोर्न साइट,बमला लिन चाहने जस्ता साइबर अपराधमा प्रयोग हुनसक्ने खतरा रहन्छ । सामाजिक सञ्जालमा अपलोड भएका फोटोहरु दुरुपयोग भएका थुप्रै रिपोर्टहरु प्रहरीमा दर्ता भएको प्रहरी अधिकारीको भनाइ उधृत गर्दै इण्डियन एक्सप्रेसको खबरमा उल्लेख छ ।

साइबर प्रहरी थानाका प्रहरी निरीक्षक जयराम पेगुडेले प्रहरीमा दर्ता हुन आउने उजुरीको प्रकृति र संख्या हेर्दा सामाजिक सञ्जालमा फोटो अपलोड गर्नु अघि धेरैपटक सोच्नुपर्ने बेला आएको बताए ।

(*यसअघि प्रकाशित समाचारको भाषामा टेकपाना डट कमको दाबी परेकोले भूल सुधारसहित पुनः सम्पादन गरेका छौं )

जनता समाचारबाट