काठमाडौं, १० कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यस वर्ष दशैंको टीका घरभित्रै मात्र लगाउन सबैलाई आग्रह गरेका छन् ।

टीका लगाउन बाहिर निस्किने हुँदा कोरोना संक्रमण सर्ने जोखिम उच्च रहेकाले टीका थाप्न बाहिर कतै नजान आग्रह गरेका छन् ।


दशैं कोरोना महामारीको समयमा परेको भन्दै नेता नेपालले स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै कोटेश्वर निवासभित्रका परिवार बाहेक अन्य कुनै पनि टीकामा सहभागी नहुने बताएका हुन् ।

‘वडा दशैं २०७७ को अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना’ ट्वीटरमा उनले लेखेका छन्, ‘यस पटकको दशैं कोरोना महामारीको समयमा परेकोले स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै कोटेश्वर निवास भित्रका परिवार बाहेक अन्य कुनै पनि टीकामा सहभागी नहुने कुरा सम्बन्धित सबैलाई विनम्रतापूर्वक जानकारी गराउँदछौं ।’नयापेजबाट