हेम कोइराला

मौनाबुधुक,१६ कार्तिक। धनकुटाको चौबिसे गाउपालिकाले आमालाई खाना शिशुलाई नाना भन्ने कार्यक्रमको सुभारम्भ गरेको छ । शनिबार चौबिसेको बसन्तटारमा भएको सो कार्यक्रम मार्फत एक जना आमा र शिशुलाई सो सामाग्रीहरु वितरण गर्दै सुभारम्भ भएको थियो ।

123145874_826899168110361_2741672532652628907_o

चौविसे ८ वसन्तटार निवासी बुवा बमबहादुर मगर र आमा शुसन मगरको कोखबाट जन्मिएको नवजात शिशु र सुत्केरी आमालाई निजको निवासमा अध्यक्ष खजिन्द्र राई , उपाध्यक्ष यज्ञकुमारी रुचाल र ८ नं. वडाका वडा अध्यक्ष धनबहादुर लिम्बुद्वारा संयुक्त्त रुपमा गई चामल, तेल, मसला,सेनिटेरी प्याड र नवजात शिशुलाई न्यानो कपडा हस्तान्तरण गरिएको स्थानिय समाजसेवी डम्बर कोइरालाले बताए ।

चौविसे गाउँपालिकाको आ. व. २०७७/०७८ को वार्षिक कार्यक्रम अन्तर्गत कार्तिक १५ गतेबाट सो कार्यक्रमसुरु गरीएको र उक्त्त कार्यक्रम चौविसे गाउँपालिका भरी निरन्तर सञ्चालन गरिने गाउँपालिका अध्यक्ष  खजिन्द्र राइले बताए ।