केरावारी,१८ कार्तिक । नेपाल शिक्षक महासंघ केरावारीका अधक्ष्य देवकुमार नेपालको कोरोना सक्रमणको कारण निधन भएको छ । धरानको घोपाक्याम्पमा उपचारको क्रममा मंगलबार बिहान ४ बजे अधक्ष्य नेपालको निधन भएको हो ।


स्वर्गीय नेपाल केराबारी स्थित मछिन्द्र उच्च बिधालयमा अध्यापन गर्दै आएका थिए । सरल र मिजासिलो स्वभाबका धनि नेपालको निधनले केरावारीमा शोकमग्न भएको छ । स्वर्गीय नेपालको श्रीमती,एक छोरी र एक छोरा छन ।