बिराटनगर,१९कार्तिक। प्रदेश नं. १ का माननीय मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक श्री शेरधन राई तथा माननीय सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट श्री जीवन घिमिरेको समुपस्थितिमा नवनियुक्त प्रदेश न.१ स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह भव्यताका सम्मपन्न भएको छ ।

123490900_10157672878685906_5194245557345506649_o

प्रदेश राजधानी बिराटनगरमा आज आयोजित समारोहमा नेपाल स्काउटका राष्ट्रीय संयोजक श्री लोक बहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक माननीय मुख्य मन्त्री तथा प्रदेश प्रमुख स्काउट माननीय जीवन घिमिरेलाई स्काउटको दीक्षा प्रदान गर्नु भएको थियो भने नवनियुक्त प्रदेश स्काउट सल्लाहकारका साथै प्रदेश स्काउटका संयोजक तथा सदस्यहरूलाई प्रमुख स्काउटले स्काउट दीक्षा संगै पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो ।

123241165_10157672879060906_9027688857478791652_o

कार्यक्रममा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै माननीय मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक श्री शेरधन राईले संघीय ढाँचा अनुरूपको परिवर्तनलाई अब कसैले रोक्न नसक्ने बताऊदै अब प्रदेश नं. १ का सबै बालबालिका र युवाहरू सम्म स्काउटिंग अभियानलाई विस्तार गर्न प्रदेश स्काउट तदर्थ समितिलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । नेपाल स्काउटले युवा स्काउटर रवि खनालको संयोजकत्वमा गत कार्तिक ०६ गते १३ सदस्यिय प्रदेश नं. १ स्काउट तदर्थ समिति गठन गरेको थियो ।

123721870_10157672878985906_3252685220038628184_o 123329324_10157672878820906_3285461350711268647_o