काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ ।

कोराेनाबाट संक्रमित समेत हुनुभएकी सीताकाे काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान उहाँकाे निधन भएको हो । सीता माइस्थेनिया रोगबाट समेत पीडित हुनुहुन्थ्याे ।

गत दशैंमा राेल्पास्थित पुर्ख्याैली घर मेबाङ गएका बेला सीता बिरामी पर्नुभएकाे थियाे । त्यसपछि उहाँलाई दाङकाे गाेर्खा अस्पताल भर्ना गरिएकाे थियाे । शरीरमा अक्सिजनकाे मात्रा घट्ने, निमाेनिया लगायत समस्या देखिएपछि थप उपचारका लागि कात्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं ल्याइएकाे थियाे ।

काठमाडाैं ल्याउनासाथ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । सीतामा कात्तिक १५ गते काेराेना पाेजेटिभ देखिएकाे थियाे । साेही दिनदेखि भेन्टिलेटरमा राखेर उहाँकाे उपचार थालिएकाेमा बुधबार बिहान निधन भयाे ।