काठमाडौ,१८कार्तिक । हरिया डलर, नेपाली मुद्रासँग साट्दा सयपनि हजार हुने हजारपनि लाख हुने । दु:ख गरेपनि त्यस्तो ठाउँमा पो गरौँ जहाँ लाखौँ कमाउन सकिन्छ । यो सबैको सपना र मन हो । यसैले पढ्ने बहानामा होस् या कामदारको रुपमा अहिले लाखौँ नेपाली विदेशी भूमिमा छन् ।

तर कामदारको रुपमा विदेश पुग्ने नेपाली नै किन नहोस् उसलाई त्यहाँ के काम छ । त्यो काम गर्न के सिप सिक्न जरुरी छ भन्ने कुनै मतलब राख्दैन । यसैले सिप नभएका व्यक्ति मात्र शारीरिक परिश्रम बढी गर्नुपर्ने सिप नभएपनि गरिने काममा लादिन्छन् ।

 

यसले गर्दा हजारौँ नेपाली दाजुभाई तथा दिदिबहिनीहरु त्यही कडा परिश्रम शरीरले धान्न नसकेर मृत्यु भइरहेको छ । कमाइएला भनेर गएका उनीहरु रित्तो हात फर्किन बाध्य छन् ।

तर तपाई अष्ट्रेलिया, क्यानडा, अमेरिका वा अरु यस्तै देश विद्यार्थी भिषामा जाने र पैसा कमाउँने वा त्यतै सेटल हुने सोचमा जानुहुँदैछ केही सिप नेपालमै हुँदा सिक्नुहोस् । त्यसैले तत्कालै तपाई भौतारिनु पर्दैन ।

यहाँ हामी अष्ट्रेलिया, क्यानडा, अमेरिकामा कुन सिप सिक्दा मालामाल भइन्छ जानकारी दिँन्छौ ।

गाडी चलाउन सिकेर लाइसेन्स बोकेर जानुहोस् ।

तपाईलाई जानकारी गराउँ अष्ट्रेलिया विश्भरीका मानिसहरु रहेको देश हो । यहाँ अनलाईन सपिङ खुबै मौलाएको छ । गाडी वा त्यस्तै सवारी चलाउँने सिप छ भने तपाईले यहाँ डिलभरी गर्ने काम सुरु गर्नुभयो भने यहाँ निक्कै दाम कमाउनुहुनेछ । यात्रु बोक्दापनि निक्कै फाइदा छ । अमेरिका र क्यानडाका लागिपनि यो सिप अति नै लाभदायी छ ।

खाना, खाजा जस्ता परिकार, कफी, चिया र अरु पेय पदार्थ बनाउन जान्ने सिप सिकेर जानुभयो भने तपाईले एक क्षणपनि बेरोजगार बस्नु पर्दैन । राम्रो सिप भएको कुक बन्न सक्नुभयो भने त तपाई त्यहाँ मालामाल हुने हो । यसैले अमेरिका, अष्ट्रेलिया, क्यानडा जाँदै हुनुहुन्छ भने यो सिप सिक्न नभुल्नुहोला ।

अझ तपाई साच्चै पैसा कमाउछु भन्ने लाग्छ भने कपाल काट्न सिक्नुहोस् । मेकअपसँग सम्बन्धित, ब्युटी पार्लरसँग सम्बन्धीत सिप लिएर जानुहोस् पैसा त यहाँ मालामाल कमिन्छ । तर सिप लिएर जानुहुन्न भने तपाई एकदिन रित्तो हात नफर्किनुहोला भन्न सकिन्न ।

यसैगरी प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टर, सिलाई बुनाई जस्ता प्राविधिक काम सिकेर जानुभयो भने त झनै उच्च कोटीको कमाई हुन्छ । यो सिप सिके तपाईले खाडी नै गएपनि उच्च कोटीको कमाई गर्न सक्नुहुन्छ ।

अध्ययन र रोजगारीका सिलसिलामा दसौं लाखौँ नेपाली विदेशमा छन्। कोरोनाबाट संक्रमित नेपालीको संख्या पनि विदेशमा बढ्दो छ। कोरोनाको डर संसारका मान्छेसँग छ। त्यसबाट नेपाली अछुतो रहने कुरै भएन। विदेशमा रहेका नेपालीले भने कोरोनाको दोहोरो पीडा खेपिरहेका छन्।

विकसित देशले नै जोखिम कम गर्न नसकेका अवस्थामा आफ्नो देश नेपालमा कोरोना फैलिँदा के हालत होला ? विदेशमा बसेर नेपालप्रति भगवान भरोसा गरिरहेका छन्। नेपालमा रहेका परिवारको अवस्थाले पनि त पिरोलिरहेको छ परदेशी नेपालीलाई।

संकट बेला परिवारसँग रहन नपाएको पीडा छ। अर्कोतिर कतिपय देशले आफ्नै देश फर्किन प्रत्यक्ष–अप्रत्यक्ष आह्वान गरिरहेका छन्। लाखौं खर्च गरेर अध्ययन होस् वा रोजगारीमा, परदेशीहरू सबै बिर्सिएर संकटको यो घडीमा आफ्नै देश फर्किन राजी पनि छन्। परिवारसँग समय बिताउन पाउँदै खुसी मिल्छ। तर, लकडाउनका कारण हवाई उडान बन्द छ। उडान नभएपछि फर्किन सक्ने कुरै भएन।

नेपाल फर्किन चाहेर पनि विकल्प नभएपछि विभिन्न देशमा रहेका नेपालीको आवाज छ, हामी देश फर्किन चाहन्छौं, हवाईजहाज पठाइयोस्। यो आवाज खाडीका केही देशबाट मात्रै होइन, युरोप, अमेरिका र अस्ट्रेलियाबाट पनि आइरहेको छ। छिमेकी मुलुक भारतमा रहेका नेपालीको कर्कश त नेपालको जमिन टेकेर भारतको डिलमा हेर्दै देखिन्छ। सिमानामा अड्केकै नेपाली देशभित्र छिर्न नदिएको सरकारले समुद्रपारिका नेपाली लिन जहाज पठाउने आश त परदेशीलाई छैन। यद्यपी, चीनमा रहेका विद्यार्थीलाई जहाज पठाएर नेपाल फर्काएको उदहरण हुँदा झिनो आश भने पक्कै थियो ।

केही समय अघि अस्ट्रेलियाले देश फर्किन आह्वान गरेको छ। अमेरिकामा पनि नेपालीले खान नपाएको भिडिओहरू सार्वजनिक हुन थालेका थिए । माल्टामा रोजगार गुमेर नेपाली अलपत्र छन। पोर्चुगलमा पनि बेहाल छ। साइप्रसका नेपाली फर्किन आतुर छन। माल्दिभ्समा अलपत्र परिरहेका छन्। कतारले कतिपयलाई कम्पनीबाटै निकालिसकेको छ। आफ्ना नागरिक लैजान चेतवानी दिएको छ।

विभिन्न देशमा रोजगारी गुमेको, कलेजको शुल्क तिर्न नसकेको, खान–बस्नै समस्या भएको समाचार पनि आइरहेका छन्। यसले के देखाउँछ भने विश्वभरी रोजगारीको हाहाकार हुनेछ । त्यो बेला नेपालीलाई ठूलो समस्या पर्नेछ । यसैलेपनि तपाईका लागि सिप अति जरुरी छ । सिप भए प्रतिस्पर्धा गरेर भएपनि रोजगारी पाउनुहुनेछ ।

परदेशी बनेपछि के हुन्छ ?

एउटा व्यक्ति परदेशी बन्न किन बाध्य छ ? त्यस पछाडिका कारण खोजिँदैन। परदेशी भएपछि कानुनी रुपमै विदेशी भएको भनेझैं ठानिन्छ सायद। त्यसैले होला, एउटा परदेशीले आफ्नो भूमिका बारे चिन्ता व्यक्त गरेमा भनिन्छ, विदेश बसेर ठूला कुरा गर्छ। देशको चिन्ता हुनेले त देशमै पो केही गर्न सक्नुपर्छ।

सायद ती टिप्पणीकारलाई लाग्दो हो, विदेश जानेले देशका बारेमा सोच्नै हुँदैन। परदेशी भनेको विदेशी हो। कानुनले नै विदेशी बनोस् र सोही देशको बारेमा सोचोस्। खाइस्, ठिक्क परो शब्द पनि त यस्तै सोच भएका टिप्पणीकारको उपहार हो परदेशीलाई।

के उनीहरूलाई थाहा छैन । एउटा परदेशीको ज्यान मात्रै हुन्छ परदेशमा। मन त नेपालमै हुन्छ। नेपालीत्व जहाँ गए पनि मर्दैन। परदेशमा सबै थोक पाइन्छ, नेपाली भावना बाहेक। एउटा नेपाली जब परदेशी बन्छ, मातृभूमिलाई भुल्नुको सट्टा झन् जागृत गर्छ। जन्मभूमिको माया कति लाग्छ, परदेशी बनेपछि मात्रै थाहा पाउँछ मान्छेले। जन्मभूमि, जन्मदिने आमाबुबा, आफ्नो परिवार, साथीसंगी सबै छाडेर गएको परदेशीसँग केवल याद हुन्छ। ती टिप्पणीकारलाई थाहा छ, आफ्नो गाउँ छाडेर सहर पसेका सुरूका दिन ः कति याद आउँछ गाउँको। आमाबुबाको, साथीसंगीको, खेल्ने ठाउँको, कखरा सिकेको विद्यालयकोरु सुतेको खाटको। पानी खाएको धारोको। परदेश आएपछि सबै कुरा मेटिन्छ। देशले दिएको नागरिकता पनि मेटिएला। तर, मातृभूमिसँगका याद मेटिँदैनन्। कसैले बिर्सन्छ आमाबुबालाई आमाबुबा जस्तै मान्छेले नबिर्सने मातृभूमि हो। अनि, एउटा विदेश गएको मान्छेले मातृभूमिबारे बोल्दा के गल्ती भयो ?

त्यस्तो हो भने तपाईं गलत हुनुहुन्छ।

एउटा परदेशीले झोलामा हालेर, जहाज चढाएर ल्याएको गुन्द्रुक खान्छ। रेस्टुरेन्टमा गएर पिज्जा खाँदा गाउँको कोदो रोटीको स्वाद सम्झिन्छ। साथीहरू भेट्दा आफ्नै भाषामा बोल्छ। चाडपर्वमा आफ्नै संस्कृति झल्काउँछ। सपनामा आफ्नै देश घुम्छ। कहिले आफ्नो जन्मघर पुग्छ। कोठामा पनि नेपालको चिनो सजाएको हुन्छ। कोठामा चन्द्रसूर्य अंकित झन्डा राख्छ। विदेशी भेट्दा नेपालको बयान गर्छ। नेपालीको परिचय दिन्छ।

पाँच-सात जना नेपालीको समूह भए संघसंस्थै जन्माउँछ। नेपालमा गर्न सकिने सम्भावना औंल्याउँछ। देशमा आपत पर्दा रकम उठाएर सकेको सहयोग गर्छ। अघिपछि पनि देशमा भइरहेका अभियानलाई सहयोगी हात बन्नेमा परदेशी नै हुन्छ।