सामन्त गोयल नेपाल आए । उनि सिधै वालुटार छिरे । वालुवाटार छिर्नु उनको नियती थियो वा निमन्त्रणा तर उनी सिधै वालुटार छिरेकै हुन । वालुटार पनि उनको स्वागत गर्न तम्तयार भएर वसेको रहेछ । सचिवालय लाम लागेर बसि रहेको रहेछ । मित्र राष्ट्र भारतका प्रधानमन्त्री मोदीका विशेष दुत न ठहरे । यथोचित खातीरदारी गर्नै पर्यो । अतिथि देवो भवः हाम्रो संस्कृती जो छ । शरण पर्नेलाई मरण नगर्ने हाम्रो संस्कार पनि छ ।
गोयल सिधै वालुवाटार छिरेकै हुन । उनको काम जो बालुवाटारमै थियो । उनी प्लेन जाने भए वालुवाटार भित्रै लान्थे । तर वालुवाटार भित्र प्लेन अवतरण हुन सक्दैन थियो । त्यसैले सामन्तहरू मात्र छिरे । सामन्तहरू भारतवाट के शन्देश लिएर आएका थिए । यतावाट के शन्देश लिएर गए । अहिले सम्म स्पष्ट खुलेको छैन । तर खुल्लै वाहिर आएको कुरा चाही जग जाहेर छ । पहिलो कुरा के हो भने मोदीले झुक्याए । " दुत पठाऊछु भन्थे । सामन्त पठाएछन " । भन्ने शन्देश आयो । दोश्रो अझ डरलाग्दो परिणाम चाही नेकपा भित्रको ववण्डर हो । गोयल जाने वित्तीकै नेकपा भित्र ववण्डर सुरू भएको छ ।
गोयल आए गोयल गए । कुनै ठुलो कुरा भएन । हाम्रो लागी ठुलो कुरा त त्यसले ल्याएको कम्पन भयो । गोयल जाने वित्तीकै सरकारको भविष्यका बारेमा चिन्ता प्रकट हुन थाल्यो । पार्टी एकतामा ठुलो खतरा आयो । दुई अध्यक्षको विच वातचित अस्वाभाविक भयो । महासचिवको चिन्ता युक्त रोईलो वाहिर आयो । अनि पार्टि विभाजनको लागी तयारी हुदै गरेका खवर चुहिन थाल्यो । सामन्त र गोयलहरूमा के जादु छ कोनी । आगमन र वहिर्गमनको परिणामले हामीलाई पिडा दिई रहन्छ । नेपाल र नेपाली जनतालाई पिरोली रहन्छ ।
अघिल्लो पटक नेकपाको स्थायी कमिटी बैठक चलि रहेको थियो । वैठकमा प्रधानमन्त्रीको कार्यशैली र पार्टी निर्णय अवज्ञा प्रती असन्तुष्टी प्रकट भैरहेको थियो । विवाद चर्कदै गएपछि प्रधानमन्त्रीले पार्टीको वैठक स्थगीत गरेर आफ्नै निवासमा मदन भण्डारी फाउण्डेसनको कार्यक्रम आयोजना गर्नु भयो । फाऊण्डेसनको कार्यक्रममा भारतले आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाऊनु भयो । त्यसमा पार्टीका वरिष्ट नेताहरू समेत सामेल भएको संकेत गर्नु भयो ।
देशभरी सरकार वचाऊन नारा जुलुस भयो । फाऊण्डेसनको व्यवस्थापन र युवासंघको नेतृत्वमा आफ्नै पार्टीका नेता हरूको विरूध्द तथा सरकार वचाऊन सडक तात्यो । सडकले शायद सरकार पनि वचायो ।
त्यती वेला आफ्नै पार्टीका नेताहरूलाई भारत संग जोडेर आरोपित गर्ने बालुवाटारमा अहिले सिधै भारत पस्यो । त्यो पनि खुफिया विभागको प्रमुख । के लिएर पस्यो अनी के दिएर गयो थाहा छैन । तर नेपाल र नेपाली जनतालाई भने टेन्सन थपेर गयो । बालुवाटारलाई पनि हल्लाएर गयो । बालुवाटारको कम्पनले नेपाल र नेपालीको भविष्य माथी समेत चिन्ता थपी दिएर गयो । नेपाली समाज न हो । के निहु पाऊ कनिका वुकाऊ भको छ । उसै त शंका गरिरहने हाम्रो समाज त्यसमा पनि भारतको खुफिया विभागनै रातको १२ बजे वालुवाटार छिरेर ३ घण्टा आराम गरेर निस्के पछि खिम्ती पुगी हाल्यो ।
गोयलको वालुवाटार प्रवेशले सरकारलाई मात्र शंकाको घेरामा पारेको छैन । प्रधानमन्त्रीको राष्ट्रवादी छवि माथि समेत शंका उव्जाइ दिएको छ । त्यती मात्र होईन हिजो अरूमाथी औला ठड्याऊने प्रधानमन्त्री तिर आज दुनीयाले चोर औला ठड्याऊने काम भैरहेको छ । राष्ट्रवाद र देशभक्तीको कथा हालेर नथाक्ने सम्मानित व्यक्तित्वहरू माथी यसरी पर चक्रिहरूले औला ठड्याऊनु हामीलाई पची रहेको छैन । अझ यसले नेपालको विस्तारित नक्सा र नेपाल सरकारको निशान छापलाई समेत विवादमा ल्याई दियो । यसले झन सुन्दर परिणाम दिएन ।
गोयलको भ्रमणले सरकारलाई मात्र होईन । नेकपा भित्र पनि समस्या माथी समस्या थपेर गयो । नेकपाको नेतृत्व आफै समस्या ग्रस्त थियो । स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने ठुलो समस्या थियो । पार्टी एकिकरणका वाकी कामहरू सम्पन्न गर्ने समस्या थियो । राजनितिक नियुक्तीहरू मिलाऊने समस्या थियो । मन्त्रीपरिषद पुनर्गठन गरेर सवैको चित्त वुझाऊने समस्या थियो । अनी कर्णाली प्रदेशको विवाद समाधान गर्ने समस्या झन टड्कारो थियो । यिनै समस्याहरूमा सहमती खोज्नु महाभारत भएर लडि रहेको हाम्रो पार्टी अव गोयल भ्रमणको कारण र परिणाममा लट्की रहेको छ ।
हाम्रो देशको विडम्बना हो की हामी आफैमा लडि रहन्छौ । हाम्रो लडाईमा विदेशीले खेल्नु अस्वाभाविक होइन । हाम्रो लडाई पनि देश वनाऊन र जनताको दुख हटाऊन भन्दा पनि आफ्नो स्वार्थ केन्द्रित भैरहेको छ । २०१५ साल, २०४८ साल अनी २०७७ सालको पार्टी, सरकार र तिनको नेतृत्वको लडाई हेर्दा एउटै प्रकृतिको देखीन्छ । यस्तै खालको सत्ता संघर्षका कारण सधै नेपाली जनताले आफ्नो हक र देशको स्वाधिनता गुमाउने खतराहरू देखिदै आएका छन । यहि तरिकाले चल्ने हो भने उही समस्या दोहोरीन सक्छ ।
अहिले पनि लामो समयको लडाई पछि देशमा लोकतन्त्र आएको छ । देशले स्वतन्त्रता र स्वाधिनताको अभ्यास गर्न थालीरहेको अवस्था छ । देशका तिनै तहका सरकारहरूले आफ्नो भविष्य वनाऊन ज्यान छोडेर लाग्नु पर्ने वेला छ । जनताका आशा र विश्वास पुरा गर्न दिन रात काम गर्नु पर्ने वेला छ । हामीलाई भने गोयल चक्करले घुमाई रहेको छ । निहीत गुट स्वार्थका लागी विदेशीहरूलाई उपयोग गर्ने र देशको भविष्य विगार्ने काम भइरहेको छ । पार्टीलाई जनताको सेवामा लगाउनु पर्नेमा आपसी संघर्षमा केन्द्रित गरिदैछ । सरकारलाई देश विकाश र समाजवाद निर्माणमा लगाऊनु पर्नेमा स्वयम सरकारको मुखिया वाट वहुमत अल्पमतको गोलचक्करमा घुमाउने काम भैरहेको छ ।
देशमा यो के हुदैछ । यस्ता अनेक गोलचक्कर र लफडा राजनीतिक नेतृत्वको असफलताका संकेत हुन । जव नेतृत्व असफल हुदै जान्छ । अनेक गोल चक्करमा फस्दै जान्छ । कहिले देशको, कहिले विदेशको । कहिले आन्तरिक, कहिले वाह्य गोलचक्कर । हाम्रो देशका नेताहरूको त्यही हालत भएको छ । यीनका तिलस्मी कुराहरू ठेगानमा पुग्न सकेनन । चमत्कारीक सपनाहरू तिन वर्ष पुग्न लाग्दा पनि सपना मात्र रहे । २० \३० वर्ष शासन गर्ने धक्कुहरू २\३ वर्षमै गल्न थाले । ठाऊ ठाऊमा आस्था, निष्ठा र इमानको पतन हुन थाल्यो । स्थीती गम्भीर हुदै गएको छ । हामी जस्ता आफुलाई कम्युनिष्ट भन्नेहरूले सोच्नै पर्ने वेला भैसकेको छ ।
आफुलाई कम्युनिष्ट भन्ने सवैले सोचौ । के साच्चै हामी कम्युनिष्ट हौ त ? हामी कम्युनिष्ट हौ । हामी श्रमिक वर्गका सहि प्रतिनिधी हौ र हामी उनैकालागी काम गर्न आएका हौ, भने हामी के गरि रहेका छौ ? हाम्रो सरकार के गर्दैछ ? देशमा गरिव, किसान, मजदुर र उत्पीडित वर्गको हालत के छ ? कमसेकम एक पटक सत्तामा वस्ने पार्टीका नेताहरूले समिक्षा गरौ । आफुलाई मुल्याङकन गरौ । आफुलाई समिक्षा गरेर सहि निष्कर्षमा पुगौ । जनताको समर्थन विनाको पार्टी र सरकार समेतको भविष्य हुदैन । कमसेकम देश र जनतालाई धोका दिने काम नगरौ । जय जय होस ।।।




















