बेलबारी,२१ कार्तिक । मोरंगको बेलबारी १ स्थित नक्सलबारीमा भएको दशैँ खसिकपबाट पाएको पुरस्कारको रकम स्थानिय जनता माध्यमिक विद्यालयलाइ सहयोग गरीएको छ ।

सोहि वडामा रहेको जनज्योति क्लबको आयोजनामा सञ्चालित टोल स्तरीय दशै खसी कप २०७७ को उपबिजेता भै स्कुल चोकका खेलाडीहरुले प्राप्त गरेको नगद १० हजार रुपैया शुक्रबार बिधालयको सहायक प्रधानाध्यापक टेकराज मगरलाई हस्तान्तरण गरेका हुन् । जनता माध्यमिक विद्यालयको पुस्तकालयको पुस्तक खरिदको लागि टिम क्याप्टेन  सबिन सुर्यमगर, टिम म्यानेजर बुद्ध याख्खा, चर्चित खेलाडीहरु प्रविन सुर्यमगर, निलम सुर्यमगर लगायतका खेलाडीहरुले सो रकम सहयोग गरेको सहायक प्रधानाध्यापक मगरले बताए ।

सहायोग गर्ने उपबिजेता सम्पुर्ण उदयिवान खेलाडीहरुलाई विद्यालयको तर्फबाट धन्यवाद सहित सफल खेलाडीकोरुपमा स्थापित हुनुहोस भन्ने शुभकामना ब्याक्त गरेको छ । कार्तिक ६ गते सम्पन्न भएको टोल स्तरीय दशै खसी कप प्रतियोगितामा बेलबारी १ का टोलहरुबाट ५ओटा टिमहरु सहभागी सहभागी भएका थिए भने नमुना टोलले बिजेता भइ १५ हजार २सय बराबरको खशी प्राप्त गरेको थियो ।