भेषराज संजेल

अमेरिकामा राष्ट्रपति प्रत्यक्ष मतबाट नभई त्यसको आधारमा हुने चुनावी मतका आधारमा हुन्छ।त्यसैलाई इलेक्टोरल कलेज भनिन्छ।राष्ट्रपतीय निर्वाचनमा मत हाल्न जाँदा अमेरिकीहरू खासमा इलेक्टोरल कलेजका अधिकारीहरूको समूहलाई भोट हाल्न जान्छन्।

"कलेज" शब्दले यहाँ सामान्यत: मानिसको एउटा समूहलाई जनाउँछ।यो समूहमा रहेका मानिसलाई इलेक्टर्स भनिन्छ र उनीहरूको काम भनेको राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्नु हो।इलेक्टोरल कलेज प्रत्येक चार वर्षमा हुने चुनावको दिनको केही सातापछि हुन्छ जसले राष्ट्रपति र उपराष्ट्रपति छान्ने काम गर्छ।
प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकार अनुसार इलेक्टर्सको सङ्ख्या तोकिएको हुन्छ। इलेक्टर्सको जम्मा सङ्ख्या ५३८ रहेको छ।

download

क्यालिफोर्निया राज्यमा सबैभन्दा बढी ५५ इलेक्टर्सहरू छन् भने सानो जनसङ्ख्या रहेका अलास्का र नर्थ डकोटा राज्यमा तीन जना छन्।प्रत्येक एक इलेक्टरले एउटा इलेक्टोरल भोटको प्रतिनिधित्व गर्छ र उम्मेद्वारले राष्ट्रपतीय निर्वाचन जित्नका लागि २७० वा त्योभन्दा बढी इलेक्टोरल मत प्रात्प गर्नुपर्छ।सामान्यतया, आम मतदाताले जसलाई धेरै मत दिन्छन् उक्त राज्यमा उसैलाई सबै इलेक्टोरल कलेजको मत दिइन्छ।उदाहरणका लागि, रिपब्लिकनतर्फको उम्मेद्वारले ५०.१ प्रतिशत मत टेक्सस राज्यमा ल्याएर जिते उक्त राज्यको सबै ३८ इलेक्टोरल कलेजको मत नै उसैलाई दिइन्छ।


तर मेइन र नेब्रास्का यी दुई राज्यले भने प्रत्येक उम्मेद्वारले पाएको मत अनुसार इलेक्टोरल कलेजको मतमा भाग लगाउँछन्।त्यसैले देशभर धेरै मतदाताको मत जित्ने कोसिसभन्दा पनि राष्ट्रपतीय निर्वाचनका उम्मेद्वारले मत जता पनि जानसक्ने खालका "स्वीङ राज्यहरू"लाई खास लक्षित गर्छन्।उनीहरूले जित्ने प्रत्येक राज्यले उनीहरूलाई आवश्यक २७० इलेक्टोरल कलेज मत ल्याउनका लागि नजिक पुर्‍याउँछ।


राष्ट्रिय रुपमा मतदातामाझ सबैभन्दा चर्चित भएर पनि २७० इलेक्टोरल मत ल्याउन नसक्ने सम्भावना पनि रहन्छ।खासमा पछिल्ला पाँच निर्वाचनमध्ये दुईवटा निर्वाचनमा त्यस्तै उम्मेद्वारहरूले राष्ट्रपतीय चुनाव जितेका हुन् जसले आफ्ना प्रतिद्वन्द्वीभन्दा आमजनताबाट कम मत पाएका थिए।सन् २०१६ मा डोनल्ड ट्रम्पले हिलरी क्लिन्टनभन्दा झण्डै ३० लाख मत कम ल्याएका थिए, तर इलेक्टोरल कलेजले उनलाई बहुमत दिएका कारण उनी राष्ट्रपतिमा निर्वाचित भए।सन् २००० मा, जर्ज डब्ल्यू बुसले २७१ इलेक्टोरल मत पाएर निर्वाचित भएका थिए तर डेमोक्र्याटिक उम्मेद्वारले भने उनको भन्दा पाँच लाखभन्दा बढी 'पपुलर भोट' पाएका थिए।


सन् १७८७ मा अमेरिकाको संविधान बनाइँदै गर्दा राष्ट्रिय 'पपुलर भोट'बाट राष्ट्रपति निर्वाचित गर्नका लागि देशको आकार र सञ्चारको कठिनाइका कारण व्यवहारिक रुपमा सम्भव थिएन।त्यही बेला राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति छान्नका लागि सांसदलाई अनुमति दिने विषयमा पनि थोरै उत्साह थियो। त्यसैले संविधान निर्माताहरूले प्रत्येक राज्यले इलेक्टरहरू छान्न पाउने गरी इलेक्टोरल कलेज बनाए।राज्यको जनसङ्ख्याका आधारमा इलेक्टोरल मतहरूको सङ्ख्या निर्धारण हुने भएकोले राष्ट्रपति निर्वाचित गर्नका लागि दक्षिणी राज्यहरूको प्रभाव हुन्छ।


केही राज्यहरूमा इलेक्टरहरूले आफूलाई जुन उम्मेद्वार मनपर्छ उसैलाई मत दिनसक्छन्।तर व्यवहारमा भने इलेक्टरहरूले त्यो राज्यमा जसले आममतदाताबाट धेरै मत पाएको छ उसकै उम्मेद्वारलाई मत दिन्छन्।उक्त राज्यले राष्ट्रपतिका लागि भनेर जुन उम्मेद्वारलाई दिएको हुन्छ त्योभन्दा फरकलाई यदि इलेक्टरले मत दियो भने उसलाई "विश्वासघाती" को संज्ञा दिइन्छ। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा त्यसपछि राष्ट्रपति निर्वाचित गर्नका लागि मतदान हुन्छ।तर यो एकपटक मात्रै भएको छ।


सन् १८२४ मा चार उम्मेद्वारमा इलेक्टोरल भोट बाँडिदा कसैको पनि बहुमत आएको थिएनअमेरिकाको निर्वाचन प्रणालीमा अहिले दुईवटा पार्टी हाबी भएकाले आजको दिनमा यो हुने सम्भावना देखिँदैन।