___ पुरुषोत्तम पौडेल

साथमा वसौ । काम गरौ । सवैका लागी गरौ । कमसेकम धेरैका लागी गरौ । त्यती पनि नसके केही का लागी गरौ । केहि मात्र भएपनि राम्रा कामहरू गरौ । देशको हितका लागी गरौ । जनताको सेवाको लागी गरौ । आम जनताको पिडा घटाउन केही गरौ । केही गर्न नसके पनि खुट्टा तान्ने दुस्कर्म नगरौ । छिर्के लाउने कुकर्म नगरौ । कसैलाई धारे हात लाएर वस्ने काम नगरौ । कसैका विरूध्द जप-ध्यान गरेर समय खेर नफालौ । आफैमा सकारात्मक वनौ । गल्ती गर्नेलाई वाटो देखाई दिऊ । राम्रो काम गर्नेलाई प्रोत्साहन गरौ । आफै एऊटा सकारात्मक काम गर्न तिर लागौ । सकारात्मक सोच र चिन्तन नै विकाशको पहिलो आधार हो ।

मिलेर वसौ । सहकार्य गरेर अघि वढौ । मत बाझिए आरामले वहस गरौ । वृहत छलफल गरौ । विशेष प्रकारको विचार गोष्टी गरौ । अन्तरकृया गरेर पेट माझामाझ गरौ । दुनीया हसाऊने गरी झगडा नगरौ । हामी आफुलाई कम्युनिष्ट भनी रहेका छौ । आलोचना- आत्मालोचना गरौ । मनमा भएका भडास सवै एकै ठाउमा पोखौ । मन भित्र गाजिएर वसेको पिडा निकालेर फालौ । राम्रा अनुभवहरू आदान प्रदान गरौ । वुध्दी र विवेक लेनदेन गरौ । पद र प्रतिष्ठाकै निम्ती आपसमै द्वन्द गरेर वस्ने काम नगरौ । मौका मौकामा रडाको मच्चाऊन छाडौ । सवैले याद गरौ । एकतामा वल हुन्छ । विभाजन भए सवै मल हुन्छ । देश र जनताको अमूल्य समयलाई कुनै हालतमा वरवाद चाही गर्दै नगरौ

सिद्धान्त हेरौ । विचार हेरौ । आफ्नो पार्टीको निती पढौ । सिध्दान्तको आधारमा विचार वन्छ । नितीको आधारमा विधी बन्छ । हामी संग सुसंस्कृत निती छ । आफैले वनाएको लोकतान्त्रिक विधी छ । ज्यादै सुन्दर विधान छ। विधी र विधान नै संगठनको जीवन हुन्छ । जीवन विनाको संगठन चल्दैन । संगठनको व्यवस्थीत सञ्जाल विना वलियो पार्टी बन्दैन । सवैले ख्याल गरौ । हिजो हामी कहा थियौ । आज यहा आई पुगेका छौ । आज जहा छौ । कसैको निजी आर्जन पक्कै होईन । सवैको साझा प्रयासको फल हो । हामी विचको सामुहिक भावनाको प्रतिफल हो । हामी सबैले स्थापित गरेको विधीको प्रतिफल हो । विधीवाट चलाईएको दरो संगठन र पार्टीको धमाल हो । यसैले याद गरौ । विधी तोड्यौ भने र अराजकता तिर गयौ भने सवै खत्तम हुन्छ । केही वाकी रहने वाला छैन ।

विधी हेरौ । विधान हेरौ । सवैलाई चल्ने उपाय खोजौ । हाम्रा आस्था र विश्वासका आधार हेरौ । हामीले अरूलाई विरोध गरेका एजेण्डा हेरौ । विगतका हाम्रै आलोचना, आक्रोश र विरोध हेरौ । सुधार आफूबाट सुरू गरौ । परिवर्तन आफ्नै व्यवहारबाट गरौ । हामीले जनताको घर वसाउनु छ । हामीले पुरै समाजलाई विश्वासमा लीएर हाक्नु छ । हाम्रो सुन्दर देश चलाऊनु छ । देशमा विग्रेको थिती वसाऊनु छ । सानो गाऊ-टोलको कुरा होईन । सिङ्गै देश नेपाल वनाऊनु छ । म र मेरालाई मात्र होईन । सवैलाई हाम्रो वनाऊनु छ । निजी आग्रह तथा कुण्ठा पालेर वस्ने होईन । विधी-विधानवाट चल्ने अभ्यास गर्नु छ । हामीले लोकतान्त्रिक विधीलाई स्वीकार गरेका छौ । यो हामीहरूको लामो अनुभवको ठम्याई हो । हामी संग लोकतन्त्र वाहेक अर्को विकल्प पनि छैन ।

लक्ष्य हेरौ । कार्यक्रम हेरौ । वरिपरीका वाधा अड्चन हेरौ । मित्र शक्ती हेरौ । शत्रुहरूलाई पहिचान गरौ । समाजवादको लक्ष्यमा पुग्ने उपाय खोजौ । दलालपुजीवादको दल दल चिनौ । नौकरशाही तन्त्रलाई ठिक गरौ । सामन्तवादी अवशेष लाई सफा गरौ । समाजवादी अभियानमा साथ दिने सहयोगी खोजौ । सवैलाई एकजुट गरौ । आन्तरिक एकता वलियो वनाऔ । संगठनलाई सहि विचार ले सुसज्जित गरौ । सवै लाई आह्वान गरौ । न्यायको पक्षमा गोलवन्द गरौ । सच्चाइ र ईमानको पक्षमा खडा होऔ । नेपाली जनता न्याय चहान्छन । नेपाललाई विकाश चाहिन्छ । न्याय र विकास लाई एक ठाऊमा जोडौ । कुराले मात्र होईन । कामै गरेर देशलाई माथी उठाऔ । राष्ट्रीयता र स्वाभिमानलाई उचो वनाऔ ।

मत हेरौ । जनमत हेरौ । देशका सारा मतदाता हेरौ । चुनावमा गरेका वाचा हेरौ । हामीले छरेका पर्चा हेरौ । आकर्षक नारा र पोस्टर हेरौ । नेकपाको चुनावी अभियान हेरौ । एकपटक आफ्नै भाषणका क्लीप्स सुनौ । दमदार भाषणका लय हेरौ । सयुक्त चुनावी घोषणा पत्र र प्रचार सामाग्री हेरौ । जनता ले उठाएका सवालहरू पढौ । जनताको कुरा सुनौ । धेरैको सुनौ । सकभर सवैको सुनौ । गरिवका दुख र पिडा वुझौ । युवाहरूका आवाज सुनौ । विद्यार्थीहरूका माग हेरौ । श्रमिकहरूका क्रन्दन सुनौ । किसानहरूका रोदन वुझौ । महिलाहरूका दुखद भोगाई वुझौ । दलित र गाऊले जनताका आशा हेरौ । विगतमा लाखौ लाख जनताले हामीलाई विश्वास गर्नुको कारण वुझौ । अनी वल्ल थाहा हुन्छ, हामी कहा छौ । हामीले के के गर्न वाकी छ । त्यहि वाट काम सुरू गरौ ।

राजनिती पेशा होईन सेवा हो । राजनितीलाई जनताको सेवाको आधार वनाऔ । राजनीतिलाई देशको सेवा गर्ने माध्यम वनाऔ । राजनितीमा प्रवेश गरिरहेको चाटुकार प्रविर्तीको खण्डन गरौ । दलाल प्रविर्तीलाई अस्वीकार गरौ । राजनिती लाई पद, प्रतिष्ठा र पैसाको खेल वनाऊने शैलीलाई खारेज गरौ । राजनितीलाई व्यापार वनाऊने नव उदारवादी चरित्र लाई त्यागी दिऊ । राजनितीलाई अपराधीकरण र अपराधलाई राजनितीकरण गर्ने घृणित कार्यलाई वहिस्कार गरौ । यो सत्कर्मको सुरूआत माथी वाटै गर्नु पर्छ । नेतृत्वले नै आफुलाई जनताको सेवक वनाएर सामान्य जीवन वाच्न तयार गर्नु पर्छ । अनी मात्र राजनिति सेवाको आधार बन्छ । राजनिती राज धर्मको कडि वन्दछ । हरेक राजनिती कर्मिले राजधर्मको पालन गरौ । राजनितीलाई राज्यप्रति समर्पण गर्नु नै राजधर्म हो ।

हो राजनितीक नेताहरूलाई स्वार्थीहरूले प्रसंसा गर्छन । चाटुकार हरूले भजन गाऊछन । गुटवाज हरूले जयजयकार गर्छन । ईमान्दार मीत्रहरूले आलोचना गर्छन । गरिव गुरूवाहरूले माया गर्छन । ठालुहरूले भक्ति देखाऊछन । मूर्ख हरूले शक्ती देखाऊछन । राम्रो मान्छेले गुण हेर्छ । बदमासले पद र पैसा हेर्छ । स्वार्थको लागी प्रशंसाको पुल बनाइ दिन्छ । प्रशंसा मात्रले मान्छेलाई फुलाऊछ । प्रसंसामा रमाऊनेको अनिवार्य पतन हुन्छ । आलोचना सुन्न सक्नेको सुधार र उन्नती हुन्छ । ईगो वा अहम पाल्नेको विस्तारै अवनती हुन थाल्छ । उन्नतीको लागी आलोचना सुनेर आफुमा सुधार गर्न सक्नु पर्छ ।

विरोध र आक्रोशलाई सहन गर्न सक्नु पर्छ । सहि आलोचनाहरूलाई स्वीकार गर्न सक्नु पर्छ । तिरस्कार र घृणालाई पचाएर सहि अडानमा टिक्न सक्नु पर्छ । अनी मात्र व्यक्तिको व्यक्तित्व निखारिदै जान्छ । अशल नेताले आलोचना र घृणा गर्नेलाई समेत आफु नजिक राख्न सक्नु पर्छ । सवैलाई समेटेर देशको हितमा लगाऊन सक्नु पर्छ । विरोधिहरू लाई समेत अपनाउने ऑट गर्नु पर्छ । धेरैको भावना वुझेर काम गर्न सक्नु पर्छ । पक्ष र प्रतिपक्षको समेत नेतृत्व गर्नु पर्छ । फराकिलो सोच राखेर काम गर्नु पर्छ । सवै खाले पक्षपात र भेदभाववाट मुक्त हुनु पर्छ । यस्तो व्यक्ती सवल र महान हुन्छ । नेताहरूको नेता, राजनेता हुन्छ ।

सवै नेताहरू मिलेर समिक्षा गरौ । आफ्नो सहि स्थान पहिचान गरौ । नेताहरूको जिम्मेवारी र कर्तव्य वुझौ । स्वार्थलाई छोडौ । गुट र फुटलाई अस्वीकार गरौ । कर्तव्य वोध गरेर अघि वढौ । सहि निती लाइ पक्रौ । स्थापित विधीलाई मानौ । कार्यकर्ताहरूका विचमा जाऔ । आफुलाई नमुना वनाऔ । नया कार्यकर्ताहरूलाई समेत प्रशिक्षण गरौ । २०६२\०६३ को जनक्रान्तीको महत्व वुझौ । पार्टीलाई एकिकृत, विश्वास योग्य र भरपर्दो वनाऔ । पार्टी एकताको वैचारीक आधार स्पष्ट गरौ । देशलाई समाजवादी क्रान्तीको दिशा तर्फ अग्रसर वनाऔ । अनी ' समाजवाद ' लाई देशको साझा गन्तव्य वनाऔ । समाजवाद प्राप्तीको लागी योजना वनाऔ । समाजवादकै दिशामा डटेर अघी वढौ । अव त कमसेकम सवैले सकारात्मक ढंगले सोच्दै सवै मिलेर वनाएको निती र कार्यक्रमको अपनत्व ग्रहण गरौ ।।।