कराची । देशद्रोह को अभियोगमा पाकिस्तानको पूर्व राष्ट्रपति परवेज मुशर्रफ लाइ मृत्युदण्डको सजाय सुनाउने न्यायधिस वकार सेठको कोरोना संक्रमण बाट गत शुक्रवार निधन भएको छ । पेशावर हाईकोर्टको जज वकार सेठको इस्लामाबादको एउटा एक निजी अस्पतालमा ५८ बर्षको उमेरमा उनको निधन भएको हो । उनके परिवार मा उनकी पत्नी र एक छोरी छिन । उनि पाकिस्तान को खैबर पख्तूनख्वा प्रांतको दीखान जिल्लाको स्थायी बासिन्दा थिए । उनलाई गत कार्तिक ६ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।उनलाइ इस्लामाबाद को कुलसुम इंटरनेशनल अस्पतालमा भर्ना गरीएको थियो ।


वाकर सेठले साल २०१८ जून महीनामा पेशावर उच्च न्यायालय को मुख्य न्यायाधीशरुपमा शपथ लीएका थीए दिसंबर २०१९ मा उनले एक विशेष पीठ को अध्यक्षता गर्दै परवेज मुशर्रफ को तीन नवंबर, २००७ को देश मा आपातकाल लागू गर्न संबंधित देशद्रोह को मामिलामा मिर्त्यु को सजाय सुनाइएको थियो । यो फैसला बाट उनि धेरै चर्चामा आएका थिए । वकार सेठको निधन भएपछी पाकिस्तानको उच्च तहका बिशिष्ठ ब्याक्तीहरुले श्रद्धांजलि दिएका छन। उनको पार्थिव शरीरलाइ अन्तिम श्रद्धांजलि दिन पेशावरको आर्मी स्टेडियम ग्राउंडमा राखिएको छ ।

बता दें कि १९९९ देखि २००८ सम्म पाकिस्तान मा शासन गर्ने मुशर्रफले संविधानलाइ कमजोर बनाएर देशको सत्ता कब्जा गर्ने पहिलो सैन्य शासक हुन् ।७४ वर्षीय रिटायर्ड जनरल मुशर्रफ मार्च २०१६ देखि दुबईमा बस्दै आएका थिए । मुशर्रफले आफ्नो उपचार र सुर्कशाको बाहाना बनाउदै पाकिस्तान छाडेका थिए र पाकिस्तान फर्किएका थिएनन । आजतक बाट