काठमाडौ । चीनको वुहान कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई कभर गर्ने एक चिनियाँ नागरिक पत्रकार भर्खरै सार्वजनिक गरिएको कागजात अनुसार पाँच बर्ष जेल सजाय भोग्नुपर्नेछ।

सुश्री झाङ्गले गत फेब्रअरीमा त्यहाँ रिपोटिङ्ग गरेकै अभियोगमा अदालतले यो फैसला गरेको हो । उनी त्यहाँ रिपोटिङ्ग गर्न पुग्दा पक्राउ गरिएको थियो । पछि उनलाई हिरासतमा राखिएको थियो । अब अदालतको फैसला अनुसार उनले ५ बर्ष जेलमा बस्नु पर्नेछ ।

उनीमाथि स्वदेश तथा अन्र्तराष्ट्रिय स्तरमा झगडा उठाउने र समस्या भड्काउने खालको कार्य गरेको अभियोग लगाइएको छ । यो अभियोग चीनका विपक्षी दलका कार्यकर्ताहरूमाथि प्रयोग गरिएको थियो।

सुश्री झाङ्ग मात्र पहिलो नागरिक पत्रकार होइनन् की जसले तत्कालीन भाइरस प्रभावित वुहानका बारेमा रिपोर्ट गर्दा समस्यामा फसेकी छिन्। यसअघिपनि कयौँले यस्तो सजाय भोगिसकेका छन् ।

फेब्रुअरीमा कम्तिमा तीन जना पत्रकार बेपत्ता भएका छन् । तीन फेब्रुअरीमा बेपत्ता एक पत्रकार ली जेहुआ अप्रिलमा पुनः देखा उनलाई क्वारनटाइनमा थिए भन्न लगाइयो । तर राज्यले नियन्त्रण गरेको बुझिन्छ । यो पछि अर्का पत्रकार चेन क्वीसीलाई सरकारको निरीक्षणमा राखिएको थियो, जबकि तेस्रो पत्रकार, फविङ्ग बिनको अवस्था अझै अज्ञात छ ।

उनका लागि तयार पारिएको अभियोग पत्रको अनुसार सुश्री झाङ्ग फेब्रुअरीमा वुहानमा गइन् । जहाँ उनले धेरै कथाहरू रिपोर्टिङ्ग गरिन् । त्यहाँको सत्यता बाहिर ल्याउन कोसिस गरिन् ।

चिनियाँ मानवअधिकार रक्षकहरूको नेटवर्क (सीएचआरडी) का अनुसार उनका रिपोर्टमा अन्य स्वतन्त्र पत्रकारहरूको नजरबन्द र उत्तरदायित्व खोज्ने काम भएको थियो । पीडित परिवारको उत्पीडनबाट मुक्ति दिलाउने सहासिक थिए । तर राज्यले उनलाई नै जेल पठायो ।

तर १४ मे बाट उनी एकाएक वुहानबाट हराइन् । एक दिन पछि, उनलाई ४०० माईल (६४० किलोमिटर) टाढाको शंघाईमा पुलिसले हिरासतमा लिएको थाहा भयो। १९ जुनमा मात्र उनलाई औपचारिक रूपमा शंघाई प्रहरीले पक्राउ गरेको घोषणा गर्यो । लगभग तीन महिनापछि सेप्टेम्बर ९ मा मात्र उनका वकिललाई उनको साथ भेट्न स्वीकृत गरियो।

सीएचआरडी भन्छिन् कि सुश्री झाङ्ग उनको पक्राउको विरोधमा भोक हडतालमा गइन् । १८ सेप्टेम्बरमा, उनका वकिलले एक फोन कल प्राप्त गरे कि उनलाई अब अभियोग लगाइएको थियो।

उनीमाथि विदेशी मिडिया आउटलेटहरूसँग अन्तर्वार्ता स्वीकार्ने र वुहानमा भाइरसका बारेमा जानकारी दिनु दुर्भावनापूर्ण रूपमा फैलाउने कार्य गरेको आरोप लगाइएको थियो। उनलाई चारदेखि ५ बर्षको सजाय सिफारिस गरिएको थियो। अदालतले ५ बर्षकै जेल सजाय तोकिदियो ।

सुश्री झाङ्गलाई राज्यले दुख दिएको यो पहिलो पटक होइन । सीएचआरडीका अनुसार उनलाई सेप्टेम्बर २०१९ मा पुलिसले शंघाईमा बोलाएको थियो । त्यो बेलापनि कार्यकर्तालाई सहयोग पुर्‍याएकोमा हिरासतमा लिएको थियो। कथित रूपमा हिरासतमा हुँदा उनलाई मनोवैज्ञानिक जाँचको लागि बाध्य पारिएको थियो।