लेटाङ २ मंसिर । मोरङको लेटाङ नगरपालिका ९ जाँतेस्थित स्वेता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

जुवा खेल भईरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी निरीक्षक कमाण्डको टोलिले उनीहरुलाई सोमबार बेलुका ८ बजे नियन्त्रणमा लिइएको हो ।

125766201_3275758955884291_4486192721232123514_n

पक्राउ पर्नेमा लेटाङ ९ जाँतेका ददिराम पौडेल, निर्मल मगर, रन्जित गजमेर, नरध्वज खड्का, चन्द्रबहादुर गौतम, कुमार पुलामी मगर र वडा नम्बर ३ का यमकुमार शेर्पा रहेको मोरङ प्रहरीले जानकारी दिइएको छ । प्रहरीले उनीहरुको साथबाट एकलाख ८८ हजार ७४५, एक सेट कौडा, ६ बुक तास र १६ थान मोवाईल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।