बेलबारी /बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी उपमेयर तारा पराजुलि प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार शाहा डसविनमा पलाष्टिकका झोला हाल्दै नगरपालिकालाई पलाष्टिकको झोला मुक्त नगर घोष्णा गरेका छन्।
बेलबारी नगरपालिकालाई बुधवार देखी पलाष्टिक मुक्त नगर घोष्णा गरिएको छ । सफा र स्वच्छ नगरको परिकल्पनामा गर्नका लागि पलाष्टिक झोला मुक्त नगर घोष्णा गरिएको मेयर सुवेदीले बताएका छन् । जेष्ठ २२ विश्व वातावरण दिवसको अवसर पारेर नगरपालिकाले पालष्टिकका झोला नगर क्षेत्र बाट विस्थापित गरिएको समेत बताएको छ ।
नगरपालिका क्षेत्रमा पलाष्टिकको झोेला किन बेच गर्न पाइदैन नगरपालिकाका प्रबता समेत रहेका योगेन्द्र सुवेदीले भने हामिले यस अघिनै पालटिकको खोलहरु समेत किनि दिएका छौ । प्रतयेक वडामा नगरपालिकाले नगरवासिलाई पलाष्टिकका झोलाका बेफाइदाहरुका वारेमा जानकारी गराएपछि झोला मुक्त नगर घोष्णा गरिएको समेत उनले बताए ।
नगरपालिकाले वडामा सरसफाई गर्दै झोला मुक्त नगर घोष्णा गरेको हो । “प्लाष्टिक होईन विकल्प खोजौ, प्रदुषण होईन स्वच्छता रोजौ” भन्ने नारा नै दिएर नगरपालिकाले पलाष्टिक झोला प्रतिबन्द लगाउन विभिन्न कार्यक्रम पश्चात घोष्णनै गरेको हो । पलाष्टिक मुक्त नगर घोष्णा गर्नका लागि नगरपालिकाले २०७५ चैत्र १० गते देखीनै कार्यालय परिसरमा वोतलको पानी प्रयोगमा प्रतिबन्द लगाइ सकेको छ ।
प्लाटिकका झोलाले मानव स्वास्थ्यदेखि वातावरणमा समेत असर पुर्यारहे छ । जनावारदेखि मानव स्वास्थ्यमा समेत प्लाष्टिकको झोलाले असर पुर्याउने गरेको बिज्ञहरुको भनाइ रहेको छ । अब देखी पलाष्टिकका झोलाहरु किन बेच गरेको पाइएमा तत्कालनै कार्वाहि गरिने समेत नगरपालिकाले जनाएको छ । नगरपालिकाले अनुमगन गर्ने समेत जनाएको छ ।


