साम्यवादी आन्दोलनको प्रारम्भका निम्ति ,मार्क्सवाद लेनिनवाद कुन-कुन परिप्रेक्ष्यमा नेपाल प्रबेश गर्यो भन्ने कुरालाई मार्क्सबाद-लेनिनवादको विश्वब्यापी विकास र खासगरी एशियामा त्यसको प्रभावको सन्दर्भमा राखेर हेर्नु पनि आवश्यक छ । अत: यसमा समाजवाद र साम्यवादको सैद्धान्तिक विकास र एशियामा त्यसको प्रवेशको संक्षिप्त रूपरेखा प्रस्तुत गरिएको छ।
समाजवाद र साम्यवाद सम्बन्धी अवधारणाको इतिहास खोतल्दै जाँदा प्लेटो (४२७-३०४७ ई. पू.) सम्म पुग्न सकिन्छ । थमस मुर (१४७०-१५३५) द्वारा लिखित युटोपिया लगायत सत्रौ र अठाह्रौं शताब्दीका विभिन्न चिन्तकहरूका रचनामा पनि समाजवादी धारणाको उल्लेख गरिएको पाइन्छ । हान्स मुलरले “समाजवाद” शब्दको इतिहासलाई बेनेडेक्टिभ असेल्म बेसिङ (सन् १६९९-१७७२) द्वारा प्रयुक्त सोसलिस्ट शब्दसँग जोडेका छन् भने ह्युगो ग्रोसियस् (१५०५३-१६४५) द्वारा प्रयुक्त सोसियलिस्टस् शब्द पनि “समाजवाद” शब्दको इतिहासको सन्दर्भमा लिइएको पाइन्छ । मार्क्सवादको सिर्जनामा योगदान पुर्याउने सैद्धान्तिक स्रोतका रूपमा भने थोमस मुर र टोमासो क्याम्पानाला (१५६०-१६३६) र उनीहरूका विचारलाई अरू विकसित तुल्याउने कम्टे हेनरी दि सेण्ट साइमन (१७६०-१८२५), फ्रान्सिस मेरी-चार्ल्स फ्युरिएर (१७७२ - १८३७) र रबर्ट ओवेन (१७७१--१८५८) का विचारहरू रहेका छन् ।
मार्क्सवादको भौतिकबादी अवधारणा विकसित हुनमा विशेषत: जर्मन दार्शनिक लुड्विक फायरवाख (१८०४-१८७२) भौतिकवादी सिद्धान्तको योगदान रहेको छ । द्वन्द्ववादी सिद्धान्त को प्रतिपादनमा मार्क्सलाई जर्मन दाशंनिक जर्ज विह्लँम फ्रेडरिक हेगेल (१७७०-१८३१)को द्वन्द्ववादी सिद्धान्तले सघाएको थियो । समाजवादि सिद्धान्तको विकासमा उपर्युक्त विभिन्न सिद्धान्त र विचारहरू उल्लेखनीय भएपनि आधुनिक बैज्ञानिक समाजवाद र साम्यबादका प्रणेता कार्ल मार्क्स (१८१८-१८८३) र उनका अभिन्न मित्र फ्रेडरिक एङगेल्स (१८३०-१८९५) नै हुन् ।
मार्क्सवादी दर्शनको रचनाका निम्ति उपर्युक्त धरातलका साथै तत्कालीन युरोपमा उत्पन्न सामाजिक उथलपुथल र वर्ग द्वन्द्व को प्रत्यक्ष अनुभवले कार्ल मार्क्सलाई प्रेरित गर्यो । अठारौं शताब्दीको उत्तरार्ध र उन्नाइसौं शताब्दिको पुर्वार्ध युरोपका निम्ति नयाँ आ्राथिक पद्धतिमा तीव्र संक्रमणको अवधि थियो ।
सामन्ती अर्थव्यवस्थाको गर्भबाट पूजीवादी अर्थव्यवस्थाको जन्मको प्रक्रियाले सामाजिक वर्ग संरचना र वर्ग सम्बन्धमा नयाँ आयाम थपेको थियो । ब्रिटेनमा सन् १७५४ मा जेम्स वाटद्वारा वाष्प इञ्जिनको आविष्कार, १५०० मा रबर्ट फुल्टनद्वारा वाष्प जलयान र १८१४ मा जर्ज स्टीफेनद्वारा लोकोमोटिभ इञ्जिनको निर्माण हुनु सामन्तवादी उत्पादन सम्बन्धको पतन र पुँजीवादी उत्पादन सम्बन्धको उत्थानको द्योतक थियो । त्यस्तै सन् १७८७ देखि १७९९ सम्म चलेको फ्रान्सेली क्रान्ति १८३० र १८४० का दशकमा ब्रिटेनमा चलेका चार्टिस्ट आन्दोलन र अन्य संघर्षहरू, १८४४ मा जर्मनीको सिलेसिया र वोहेमियाका कारखानाहरू एवम् १८४८ मा भियनामा भएका विद्रोह तथा वर्लिनमा भएका जनसंघर्षहरूले तत्कालीन युरोपेली समाजभित्रको द्वन्द्वमाथि प्रकाश पार्दछन् । रुसमा १७७३ मा येमेल्यान पुगाचोभको नेतृत्वमा भएको विद्रोह लगायत विभिन्न जन-विद्रोह हुनुका साथै सन १८६१ मा भू-दासत्वको उन्मूलन भएको थियो ।
केही वर्षे अधि पराजय भोग्नु परेका बेल्जियम र स्वीटजरल्याण्डका क्रान्तिकारीहरूमा फ्रान्सेली क्रान्तिले आशा उत्पन्न गरेको थियो । ब्रिटेन, आयरल्याण्ड, जर्मनी अष्ट्रिया र इटालीका परिवर्तनप्रेमी मानिसहरूले फ्रान्सेली क्रान्तिको समर्थन गरेका थिए । सामन्तवाद र उदियमान मध्यम वर्ग (बुर्ज्वा) का माझको संघर्षमा अठारौं शताब्दी सम्म सामन्तवाद पराजित नै भइसकेको थियो । कार्लमार्क्सको जन्मस्थल ट्रेब्स जर्मनीको औद्योगिक इलाका राइनल्याण्डमा पर्दथ्यो । यस इलाकाले नया आर्थिक पद्धतिको थालनी र पुरानोको अवसानको प्रतिनिधित्व गर्दथ्यो । यस्तै सामाजिक परिवर्तन र उथलपुथलले कार्ल मार्क्सलाई परिवर्तनकारी तत्त्व र गतिविधिहरूसँग संलग्न हुँदै समाज विकासको बैज्ञानिक सिद्धान्तबारे अध्ययन अनुसन्धान गर्न प्रेरित गर्यो । पत्रकारिताको माध्यमबाट, तत्कालीन शोषणमा आधारित सामाजिक पद्धतिको विरूद्ध आवाज उठाउन शुरु गर्ने मार्क्स समकालीन मजदुर आन्दोलनमा सक्रियतापूर्वक संलग्न रहे । सैद्धान्तिक एवं ब्यवहारिक अध्ययन-अनुसन्धानको सिलसिलामा उनले आफ्ना मित्र फ्रेडरिक एन्जेल्ससँग मिलेर सिद्धान्तहरूको प्रतिपादन गरे।
यी सिद्धान्तहरूमा विश्व इतिहासको ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी ब्याख्या र अतिरिक्त मुल्यको सिद्धान्त सर्वाधिक महत्त्वका ठानिएको छ । मानिसका बिचार र धारणाको परिवर्तनमा आधारित भएर विश्व इतिहासको व्याख्या गर्ने पद्धतिलाई चुनौती दिदै मानव मस्तिष्कमा उत्पन्न विचारहरूको उद्भवको आधार के हो त भन्ने प्रश्न मार्क्सले उठाए । उनले, दार्शनिकहरूले केवल संसारको विभिन्न किसिमले व्याख्या मात्र गरेका छन्, तर मुख्य कुरो त्यसलाई बदल्नु हो भन्ने विचार अगाडि सारे । प्रत्येक ऐतिहासिक चरणका धारणा र विचारहरू आर्थिक जीवन पद्धति र यही आर्थिक पद्धतिद्वारा निर्धारित राजनीतिक सम्बन्धहरूको परिप्रेक्ष्यमा ब्याख्या गरिनुपर्छ । मानिसले सर्वप्रथम खाने, बस्ने र लाउने आवश्यकताको पूर्ति गर्नु पर्ने हुन्छ । यसका निम्ति उसले काम गर्नपर्ने हुन्छ । केही मानिसहरू आफ्नो आवश्यकता पुर्तिका निम्ति अरुको परिश्रमबाट लाभ उठाउने र केही मानिसहरूले भने कठोर परिश्रम गर्नुपर्ने वाध्यता भएको अवस्थामा वर्ग-द्वन्द्व र सङ्घर्ष हुन्छ । यस संघर्षमा सर्वहारा वर्गको विजय हुन्छ । सर्वहारा वर्गद्वारा स्थापित राज्यमा सबै व्यक्तिहरुलाई उत्पादन कार्यका साथै सामाजिक सम्पत्तिको वितरण र उपयोगमा समेत सहभागी हुन प्रोत्साहित गरिन्छ ।
पूँजीवादी उत्पादन-प्रणाली अन्तर्गत श्रमिकहरू कसरी शोषणको शिकार तुल्याइन्छन् भन्ने कुराको विश्लेषण अतिरिक्त मूल्यको सिद्धान्तले गरेको छ | सर्वहारा क्रान्तिपछि र साम्यवादी समाजको स्थापना हुनु अघिको अवस्था लाई समाजवाद भनिएको छ । समाजवादी व्यवस्था अन्तर्गत उत्पादनको साधनहरु माथि सामूहिक स्वामित्व हुन्छ र मान्छेद्वारा मान्छेमाथि गरिने शोषणको अन्त्य गरिन्छ । “योग्यता अनुसारको काम र काम अनुसारको दाम'' को आर्थिक सिद्धान्तमा आधारित समाजवादी व्यवस्थामा साँस्कृतिक क्षेत्रमा पनि आमूल परिवर्तन गरिन्छ । पूजीवादको अन्त्य गरी साम्यवादको आधार तयार गर्ने समाजवादी व्यवस्था संक्रमणकालीन व्यवस्था भएकोले राज्य “सहारा वर्गको क्रान्तिकारी अधिनायकत्वको रूपमा रहन्छ ।”
साम्यवादी व्यवस्था “योग्यता अनुसारको काम र आवश्यकता अनुसारको बस्तु” भन्ने आर्थिक सिद्धान्तमा आधारित छ । उत्पादनका साधनहरूमाथि सामुदायिक नियन्त्रण रहन्छ । वस्तुको वितरण र उपभोग सामुदायिक जीवनशैली अनुरूप हुने हुन्छ । यस व्यवस्थामा सबै प्रकारका राजनीतिक दमन र शासनको अन्त्य हुने भएकोले वर्ग र राज्य दुबै लोप भएर जान्छन । विश्वबाट सबै प्रकारका शोषण-उत्पीडनको अन्त्य भएपछि मानव जाति “अन्तर्राष्ट्रिय जाति बन्नेछ भन्ने कुरालाई साम्यवादी दर्शनले अघि सारेको छ । “सर्वहाराहरूको सिक्री बाहेक आफ्नो गुम्ने भन्ने कुरो केही पनि छैन । जित्नका लागि उनीहरूका सामू संसार छ” भन्दै कम्युनिष्ट पार्टीको घोषणापत्रमा मार्क्स र एन्जेल्सले विश्वका मजदरहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।
समाजवाद र साम्यवादका उपयुक्त सिद्धान्तहरूलाई व्यवहारमा उतार्नको निम्ति भएका सङ्गठित राजनीतिक प्रयासमा सर्व प्रथम कम्युनिष्ट लिग (१८४७-५२) नाम उल्लेखनीय छ । यसमा मार्क्स र एन्जेल्सको प्रत्यक्ष योगदान थियो । ईन्टरशनेल वर्किङ म्यान्स एसोसिएशन (१८६४-७६) को स्थापना उक्त प्रयास अन्तरगत संचालित महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन मानिन्छ यसलाई प्रथम अन्तर्राष्ट्रिय पनि भनिन्छ । सन १८८६ देखि १९१४ सम्म दोश्रो अन्तर्राष्ट्रियले विभिन्न देशका समाजवादी पार्टीहरूलाई एक ठाउँमा ल्याएको थियो । प्रथम बिश्व युद्धपछि त्यसको पतन भयो । सन १९१७ मा रूसमा समाजवादी क्रान्तिको सफलताले विश्वभरि नै हलचल उत्पन्न गर्यो । रुसी कान्तिलाई सफलताको शिखरमा पुर्याउन कम्युनिष्ट पार्टीका नेता भ्लादिमिर इलिच लेनिन (१८७०-१९२४) द्वारा नयाँ ऐतिहासिक परिस्थिति अनुकुल मार्क्सवादको “सृजनात्मक प्रयोग' गरियो । “साम्राज्यवाद, पूजीवादको सर्वोच्च अवस्था हो" भन्ने सिद्धान्त अघि सार्दै साम्राज्यवादी युगमा पूजीवादी अर्थतन्त्र र राजनीतिमा अन्तरनिहित कुराहरूको ब्याख्या-विश्लेषण लेनिनले गरे ।
एउटै देशमा पनि समाजवादको स्थापना हुनसक्छ भन्ने विचारको व्याख्या गर्नुका साथ लेनिनले अर्थशास्त्र राजनीति, रणनीति, कार्यनीति र संगठनात्मक सिद्धान्तवारे थप बिश्लेषण गरे । मार्क्सवादी दर्शनमा नयाँ आयाम थपियो । सन् १६१६ मा मास्कोमा सम्पन्न प्रथम विश्व काँग्रेसले तेस्रो अन्तर्राष्ट्रिय (कमिन्टर्न ) को स्थापना गर्यो । विश्वका विभिन्न देशहरूमा कम्युनिष्ट पार्टीहरूको स्थापनामा तीब्रता आयो । तेस्रो अन्तर्राष्ट्रियको दोश्रो कांग्रेसमा भारतीय प्रतिनिधिको पनि सहभागिता थियो र त्यस कांग्रेसले एशियामा क्रान्तिकारी कार्यहरूबारे छलफल गरेको थियो । यसरी अन्तर्राष्ट्रिय स्तरमा एशियामा क्रान्तिकारी सम्भावनाहरू बारे बहस भइरहेकै समयमा एसियाली देशहरूमा स्वाधीनता र मुक्तिको पक्षमा सामाजिक जागरणको लहर चलिरहेको थियो । यही जागरणका बीच, प्रथम विश्वयुद्धधछि एसियाका विभिन्न देशहरूमा कम्युनिष्ट पार्टीहरू धमाधम जन्मे । एसियाली कम्युनिष्टहरूले मार्क्सवाद-लेनिनवादलाई राष्ट्रिय स्वाधीनता सँग्रामको चरणमा नै प्रयोग गरे । (१५) नेपालको उत्तरमा अवस्थित चीनमा सन १९२१ मा चीनियाँ कम्युनिष्ट पार्टीको भयो भने दक्षिण भारतमा सन १९२८ मा भारतीय कम्युनिष्ट पार्टीको स्थापना भयो ।
सन १९२१ मा प्रवासी भारतीयहरूले सोभियत संघमा भारतीय कम्युनिष्ट पार्टी गठन गरिएको थियो । एक अर्को भनाई अनुसार सन १९२० मा नै तासकन्द ( रुस) मा भारतिय कम्युनिष्ट पार्टीको गठन गरिएको थियो । सन १९२० मा मङ्गोलियन पिपुल्स रिभोल्युशनरी पार्टी र इण्डोनेशियन कम्युनिष्ट पार्टी, १९२५ मा कोरियन वर्कस पार्टी, १९३० मा भियतनामिज वर्कर्स पार्टी र १९२२ मा जापान कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। १९३० र १९३१ मा क्रमश : फिलिपाइन कम्युनिष्ट पार्टी र मलेशियन कम्युनिष्ट पार्टीको स्थापना भयो । दोश्रो युद्धको समय र त्यसको समाप्ति पछि लगतै सिलोन कम्युनिष्ट पार्टी (१९४०), वर्मिज कम्युनिष्ट पार्टी (१९४३), कम्बोडियन कम्युनिष्ट पार्टी र प्याथेट लाओ (१९४५) नेपाल कम्युनिष्ट पार्टी (१९४९) को गठन भयो । एसियामा पहिलो समाजवादी राज्यको रूपमा प्रथम विश्वयुद्धपछि मङ्गोलियाको जन्म (१९२४) भयो । दोस्रो विश्वयुद्धपछि हो चि मिङको नेतृत्वमा उत्तर भियतनाम (१९४५), किम इल सुङको नेतृत्वमा उत्तर कोरिया (१९४६) र माओ त्से तुङ को नेतृत्वमा चीन (१९४६) मा राज्यसत्ता कम्युनिष्ट पार्टीहरूको हातमा आयो ।
साम्राज्यवाद र उपनिवेशवाद विरोधी राष्ट्रिय मुक्ति संग्रामहरूको सिलसिलामा नै कम्युनिष्ट पार्टीहरू विजयी बने । एशियाली समाजमा आधारभूत क्रान्ति नहुन्जेलसम्म मानव जातिको लक्ष्य पुर्ति हुन नसक्ने स्थितिमा ब्रिटेनले जे-जति अपराध गरेपनि उक्त क्रान्ति ल्याउनमा त्यो नजानिदो ढङ्गले इतिहासको उपकरण बनेको छ भन्ने मार्क्सको भनाइ सत्य सावित भयो । " एउटा ठुलो पुर्वीय अर्ध औपनिवेशिक अर्ध सामन्ती मुलुकमा मार्क्सवाद लेनिनवादलाई कसरी ब्यवहारमा उतार्ने काममा चिनियाँ कम्युनिष्ट पार्टीले पाएको सफलताले एसियामा अभुतपुर्व प्रभाव पार्यो । यस्तो प्रभाव वैचारिक क्षेत्रमा पनि उत्तिकै पर्यो । कृषिप्रधान पछयौटे मुलुकमा मार्क्सवाद-लेनिनवादको प्रयोग कसरी गर्ने भन्ने प्रश्नको उत्तरमा माओ त्से तुङ द्वारा “नौलो जनवादी” सिद्धान्त प्रतिपादन गरियो ।
यसलाई युरोप र अमेरिकामा विद्यमान बुर्जुवा प्रजातन्त्र तथा सोभियत संघमा विद्यमान समाजवाद दुवै व्यवस्था भन्दा फरक तर समाजवादको स्थापनाका निम्ति संक्रमणकालीन ब्यवस्थाको रूपरेखाका रूपमा अगाडि सारियो । चीनियाँ समाजको वर्ग- विश्लेषण गरिनुको साथै समाजवादी क्रान्ति र समाजवादको निर्माण, क्रान्तिकारी सेना र सैनिक रणनीति , नीति र कार्यनीति एव समाजमा विद्यमान अन्तरविरोध बारे चीनिया कम्युनिष्ट पार्टी का अध्यक्ष माओद्वारा नयाँ ढङ्गबाट व्याख्या-विश्लेषण भयो । यसलाई चीनियाँ कम्युनिष्ट पार्टी द्वारा “चीनमा लागू 'र विकास गरिएको माक्संवाद-लेनिनवाद'' भन्दै माओ विचारधाराले मार्क्सवाद-लेनिनवादलाई “समृद्ध र विकसित पारेको” छ भनी मूल्याकंन गरिएको छ ।
रुसमा निकिता ख्रुश्चेभ सत्तामा आएपछि चीनियाँ कम्युनिष्ट पार्टी र सोभियत कम्युनिष्ट पार्टी बीच विवाद शुरू भई सार्वजनिक रूपमा बाहिर आयो । चीनियाँ कम्युनिष्ट पार्टी द्वारा सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वलाई “संशोधनवादी” भनी निन्दा गरियो । यस विवादले विश्व कम्युनिष्ट आन्दोलनमा ब्यापक विभाजन ल्यायो । कैयन् कम्युनिष्ट पार्टीहरुले मार्क्सवाद लेनिनवाद र माओ विचारधारा अङ्गिकार गरेको घोषणा गर्दै सोभियत कम्युनिष्ट पार्टी को तीव्र विरोध गरे । सोभियत संघले विश्वभरि आफ्ना समर्थक कम्युनिष्ट पार्टीहरूलाई सहयोग गरी छुट्टै गुटको नेतृत्व गर्यो । कम्युनिष्ट पार्टीको घोषणापत्रको प्रकाशनपछि मार्क्सवादी दर्शन वारे अनेकौ वाद-विवाद र बहस भएका छन् । मार्क्सवादी -लेनिनवादी दर्शनको आधारमा सङ्गठित कतिपय राज्यहरू माझ शत्रुतापुर्ण अन्तरविरोध समेत देखापरेको छ ।
पार्टीहरू एक-अर्काको विरूद्ध सक्रिय समेत रहेका छन । यद्यपि यसो हुनुको पछाडि विचारधारात्मक पक्षमाथिको जोड घट्दै जानु र राष्ट्रिय दृष्टिकोणको र हितको प्रश्नलाई प्रधानता दिइनु जस्ता कुराहरू रहेका छन् भन्ने क्त विभाजन र विवाद हुँदाहुँदै पनि समाजवादी र साम्यवादी आन्दोलन वास्तविकता बनेको छ। सामन्तवाद र पुजीवादसँग, मार्क्सवादी -लेनिनवादप्रति आस्थावान वा त्यसबाट प्रभावित र प्रोरित छन् । सामन्तवाद र पुजीवादसँग, मार्क्सवादी-लेनिनवादी दशेनको वैचारिक एवं भौतिक दुवै क्षेत्रमा संघर्ष जारी छ। विश्व साम्यवादी आन्दोलनको उपर्युक्त पृष्ठभूमिमा नेपालको साम्यवादी आन्दोलन एकदम नयाँ रहेको छ। तर साम्यवादी आन्दोलनले यस भु-भागलाई पनि प्रभावित पार्न र यहाँका बासिन्दाहरूले माक्सवादी - लेनिनवादी दर्शनलाई अंगिकार गर्दै समाजमा ' क्रान्तिकारी परिवर्तन '' को निम्ति आन्दोलनको थालनी गर्नु महत्वपूर्ण बिषय हो ।
( मुल श्रोत : भिम रावल , नेपालमा साम्यवादी आन्दोलन उदभव र बिकास ; प्रगती प्रकाशन ;२०४७ दोश्रो सस्करण )




















