महोत्तरी,९ मंसिर । महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कारगरी हत्या गरेको आरोपीलाई कारवाहीको मागगर्दै स्थानीय आन्दोलनमा उत्रिएका छन।

balika2020-11-23-10-09-41-768x402
हत्या गरीएकि बालिका गुलाब साह खातुन



गत आइतबार साँझदेखि बस्तीबाटै हराएकी शाहिद आलमकी छोरी गुलाब साह खातुनको शव गएराती बोरामा राखी फालिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए ।

बालिका शाहको शव भेटिएपछि बलात्कारपछि हत्या गरिएको आशंका गर्दै स्थानीयले पूर्व-पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। बलात्कारपछि हत्या गरिएको आशंका भएकोले निस्पक्ष छानविन गर्न बालिकाका परिवारले माग गरेका छन्। उता आक्रोसित् स्थानीयले आरोपीको घरमा समेत तोडफोड गरेका छन्।

प्रदर्शनकारीले बलात्कार आरोपितको घरमा आगजनी नै गरिदिएका छन्।आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई समेत बीच बाटोमै उनीहरूले रोकेका छन्। उता आक्रोशित् स्थानियको भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास नै प्रहार गर्नु परेको प्रहरीले बताएको छ ।