काठमाडौं । लामो समय देखि तनावपुर्ण बन्दै आएको भारत–पाकिस्तान सम्बन्धमा सुधारको संकेत देखिएको छ । काश्मीरको पुलवामा आक्रमण पछिको घटनाक्रमले भारत र पाकिस्तानबीच निकै तनावको अवस्था रह्यो । दुबै देशले एक अर्कामाथि अघोषित रुपमा युद्ध शैलीमा आक्रमण नै गरेका थिए ।
त्यसपछि पाकिस्तानले आफनो आकासमा भारतीय विमान उड्न प्रतिबन्ध लगाएको थियो । पाकिस्तानले केही दिन अघि मात्र भारतको चुनावपछि आफनो आकास खुला गर्ने बताईराख्दा भारतीय विमानमाथिको प्रतिबन्ध थप लम्बाएको थियो । तर आज ईदको अवसरमा पाकिस्तानले भारतीय विमानमाथिको प्रतिबन्ध हटाएको छ ।
पाकिस्तानले इदको मुबारक दिँदै आफनो आकास भारतीय विमानका लागि खुला गरेको हो । २६ फेब्रुअरीबाट लगाईएको प्रतिबन्ध हटाईएसंगै भारतीय विमानले पाकिस्तानी आकासमा उडान भरेका छन् ।
दुबईबाट दिल्ली आउन लागेको इडिगो विमानले पाकिस्तानको आकासमा उडान लिएको हो । १८० यात्रु सवार उक्त विमानले पाकिस्तानको आकास छुने बेला १० मिनेट अघि कराची एटिसीमा सम्पर्क गरेको थियो । भारतीय विमान जब युरोप,अमेरिका या कुनै पनि खाडी देश जानका लागि पाकिस्तानको ११ हवाइमार्ग प्रयोग गर्ने गर्छ ।


