लेटाङ,१२ मंसिर । नेपालि कांग्रेसका नेता इश्वरी कोइरालाको निधन भएको छ। कोरोनाको कारण स्वास्थ्यमा समस्या परेका कोइरालाले केहिदिन अघि कोरोनालाइ पराजित गरेपनि फोक्सोमा समस्या आएपछि नेता कोइरालाको शुक्रबार नोबेल मेडिकल कलेज बिराटनगरमा ५६ बर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि नेता कोइरालालाइ मंसिर २ गते अस्पताल भर्ना गरीएको उनका भान्जा दिपक निरौलाले बताए । नेपाली काग्रेस मोरङ, क्षेत्र न. १ का महासमिती सदस्य , र ने. का. क्षेत्र न. १ ख का सभापती समेत रहेका कोइराला मोरङ क्षेत्र न.१ ख बाट प्रदेश शभाका उमेद्वार समेत रहेका थिए ।

 दाजुभाइ मध्येका साइला रहेका नेता कोइरालाको माइला दाजुको पनि कोएकदिन अघिमात्र निधन भएको थियो । दाजभाइ मध्येका साइला रहेका नेता कोइरालाको माइला दाजुको पनि एकदिन अघिमात्र निधन भएको थियो ।

कोइरालाको निधन प्रति मोरंग क्षेत्र १ का प्रतिनिधिसभा का सांसद घनश्याम खतिवडाले कोइरालाको निधन प्रति दुख ब्याक्त गरेका छन ।

 

IMG_20201127_135202 (1)