आज अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिदैछिन्। धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। उनीहरूको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह हुँदैछन्।

'कहाँ भेटिएला' सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।