काठमाडौं । भ्रष्ट्रचार विरुद्ध कडा रुपमा प्रस्तुत हुनु भएका इटहरीका मेयरलाई कारबाही गर्न माग गरिएको छ । पत्रकारको नाकको हड्डी भाच्ने भन्दै अभिव्यक्ति दिने इटहरीका मेयरको अभिव्यक्ति आपतीजनक भएको भन्दै तत्काल कार्वाही गर्न कांग्रेस सांसदले माग गरेका छन्
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इटहरीको मेयरलाई कार्बाही गर्नुपर्ने धारणा राखेकी हुन । बैठकमा परियारले ‘इटहरीका प्रमुखको हर्कत के हो ?’ भन्दै प्रश्न उठाएकी हुन् । इटहरीका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएपछि विवाद सुरु भएको हो ।
उहाँले भन्नुभयो, ‘दशौं करोडौं खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ । लोकतान्त्रिक विधि र पद्धति समाप्त भएकै हो त’, कांग्रेस सांसद परियारले अगाडी भन्नुभयो, ‘अन्यथा राज्य छ भने तत्काल कार्बाही गरेर राज्य भएको अनुभूति दिलाउन सभामुखमार्फत् आग्रह गर्दछु ।’ चौधरीका पक्षमा अहिले जन लहर देखिन थालेको छ ।


