मोरङ,२६ मंसिर। मोरङको धनपालनाथ गाउँपालिकामा बलात्कारको घटना मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
धनपालथान गाउँपालिका-५ कि २१ वर्षीया युवतीमाथि भएको बलात्कारको घटना ५ लाख रुपैयाँ लेनदेनमा मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले ६ जनालाई उक्राउ गरेपनी मिलापत्र गराउन मुख्य भूमिका खेलेका जनप्रतिनिधिलाई भने पक्राउ गरेको छैन । स्थानीयका अनुसार मिलापत्र गराउन भूमिका खेल्ने जनप्रतिनिधि गाउँ आसपासमै छन् ।

गत भदौ २४ गते बेलबारी नगरपालिका-८ का सुरेशकुमार खवासले युवतीलाई धानबालीमा युरिया मल हाल्न भनी सँगै लगी बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनाको भोलिपल्ट बसेको स्थानीय भद्रभलादमीको भेलाले पीडित पक्षलाई ५ लाख रुपैयाँ दिने गरी मिलापत्र गरेको थियो । तर मिलापत्र अनुसार रकम नपाएपछि पीडित पक्षले गत २४ असोजमा प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
बलात्कारमा संलग्न भएको आरोप लागेका युवकलाई प्रहरीले गत बुधबार पक्राउ समेत गरेको छ । त्यस्तै मिलापत्र गराएको आरोपमा पक्राउ पर्नेमा धनपालथान गाउँपालिका-५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका-८ का ५३ वर्षीय मथालु खवास रहेका छन् ।
उता धनपालथान गाउँपालिका -५ कि वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका–-८ का वडा सदस्य प्रवीणकुमार खवास पनि मिलापत्र गराउने भेलामा सहभागी रहेको एक स्थानीय बताउँछन् । यद्धपी उनिहरुलाई भने प्रहरीले पक्राउ नै गरेको छैन । पीडित युवती भने धनपालथान - ५ कि वडा सदस्य खवासको घरमा बस्थिन् भने आरोपी युवक वडा सदस्य प्रवीणको बुहारीका भाइ समेत हुन् ।




















