काठमाडौं,२७ मंसिर । अक्षय कुमार बलिउडका सबैभन्दा व्यस्त कलाकार हुन् । उनले पछिल्ला दिनहरूमा एक पछि अर्को चलचित्र रिलिज हुने क्रममा छन् ।

उनले एउटा चलचित्रको शूटिङ सक्ने बित्तिकै अर्को चलचित्र शुरू गर्छन् । पछिल्लो समाचार अनुसार अक्षय कुमारले अहिले राजा पृथ्वीराजको भूमिका निभाउने बित्तिकै राजा सुहेल देवको भूमिकामा देखिँदैछन् ।

131002483_438571227171630_5797418230584837714_n

राजा सुहेल देव भारतीय इतिहासका पराक्रमी राजाहरूमध्ये एक हुन् । उनको जीवनीमा आधारित भई लेखक अमीश त्रिपाठीले एक पुस्तक लेखेका छन् । सोही पुस्तकको आधारमा चलचित्र बन्न लागेको हो ।

खबरका अनुसार, अमीशको यस पुस्तकको राइट अश्विन वर्देले खरिद गरेका छन् । उनी अक्षय कुमारका निकै नजिकको साथी भएको बताइएको छ । जसका कारण अश्विनले सबैभन्दा पहिले अक्षयलाई चलचित्रका लागि एप्रोच गरेका हुन् ।