काठमाडौं ।केही अनलाइन मिडियाले हास्यकलाकार गजुरेल र अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्न लागेको भ्रामक समाचार फैलाएका छन् । उक्त समाचारले बजारमा हल्ला मच्चाएपछि अभिनेत्री बर्षा शिवाकोटीलाई तनाव बढेकाले उनले सोमबार फेसबुकमा एक स्टाटस पोष्ट गर्दै समाचारको बिषयमा आक्रोस व्यक्त गरेकी छन् । उनले मनोज गजुरेलको र आफ्नो बाटो अलग भएको बताएकी छन् ।

उनले ‘बर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भनेर बिभिन्न अनलाइनमा आएको समाचार देख्दा दया लागेर आयो’ उनले भनिन् ‘भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ ।’

पत्रकारितामा गलत न्यारेटिक सेट गर्ने हिसावले फैलाईएका यस्ता हल्लाहरुले सहि अर्थमा प्रत्रकारिता गर्ने माथी पनि प्रश्न उठेको अनुमा गरेकी उनले फेसबुकमा अगाडि लेखकी छन् ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग छ । मेरो उहाँ प्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कु प्रचार गर्दा कस्को फाइदा होला र रु।

उनी थप्छिन् ‘कलाकार भन्दैमा जे पनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो ।’