काठमाडौं । कतारले सन् २०३० को एशियन गेम्स आयोजनाको जिम्मा पाएको छ । भोटिङका आधारमा कतारले साउदी अरेबियालाई पछि पार्दै एशियन गेम्सको जिम्मा पाएको हो ।
यस्तै सन् २०३४ को एशियन गेम्सको जिम्मा भने साउदी अरेबियाले पाएको छ । ओमानको मस्कटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन् २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका थिए ।
सन् २०३० को एशियन गेम्सका लागि भोटिङ आफ्नो पक्षमा पार्न कतारको टिम नेपाल पनि आएको थियो । त्यसपछि साउदी अरेबियाले पनि भोटका लागि पहल गरेको थियो । यसअघि नै बढी भोट पाउने देशले सन् २०३० को एसियन गेम्सको आयोजना गर्ने र दोस्रो हुनेले सन् २०३४ को आयोजना गर्ने सहमति भएको थियो । जसका कारण लगातार दुई संस्करणको आयोजकको टुंगो लागेको हो । सन् २०३४ को एशियन गेम्स रियादमा हुनेछ ।




















