काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै धेरै चिसो महशुस भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६स्३० बजेको मापन अनुसार काठमाडौंं उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको हो।

यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ ।

दिउँसो १७–१९ डिग्री सेल्सियससम्म तापक्रम रहने बिभागले जनाएको छ । यस्तै, आज बिहानैदेखि तराई अधिकांश भू–भाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

तराईका जिल्लामा रातको समयमा हुस्सुसहित शितलहर पर्न थालेको छ । तराईमा दिउँसोसम्म नै हुस्सु लाग्ने र घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले जनाएका छन् । हुस्सु र कुहिरोले पारदर्शीतामा कमी भएकाले यात्रामा सजग रहन पनि महाशाखाले आह्वान गरेको छ ।

आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।